रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा  |  विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान  |  अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन  |  उपनिर्वाचन २ ०७६ : नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै  |  संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह  |  आज मिति २०७६ कार्तिक २७ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत  |  कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस
अपांगता/अल्पसंख्यक
Sep 16, 2015
डाक्टरको लापरवाहीको कारण मिलन लामा जीवनभर अपांग बनेर वाच्न विवश
डाक्टर बिरामीका लागि भगवानसरह नै हुन् । मर्न लागेको जीवन बचाउनेदेखि मानिसहरुलाई सकुशल बनाउन डाक्टरको ठूलो भूमिका रहन्छ । तर त्यही डाक्टरकै लापरवाहीको कारण कुनै व्यक्ति जीवनभर अपाङ्ग हुनुपर्यो भने कति पीडा हुन्छ होला ? मध्यपुर अस्पतालका डाक्टरले यस्तै लापरवाही गरिदिँदा एक व्यक्तिले आप्mनो गोडा गुमाउनुपरेको छ । यी हुन् फुलपिङडाँडा गाविसका २७ वर्षीय मिलन लामा । गाडी चलाएर दैनिक गुजारा चलाउने मिलन अहिले ग्वार्कोस्थित बि एण्ड बी अस्पतालको सैयामा छन् । घुँडामा सामान्य चोट लागेर भक्तपुरको मध्यपुर अस्पतालमा भर्ना भएका मिलनको उपचारकै क्रममा गोडा काटिएको छ । साथीहरुसँग सामान्य झगडा हुँदा लडेर दाहिने घुँडामा चोट लागेपछि भदौ ६ गते सिन्धुपाल्चोकका मिलन लामालाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । मध्यपुर अस्पतालका सञ्चालकसमेत रहेका डाक्टर रामकृष्ण श्रेष्ठले सामान्य अप्रेशन गर्नुपर्ने भन्दै उनको अप्रेशन गरे । तर भदौ ६ गते घुँडाको अप्रेशन गरेपछि मिलनको गोडाको औंला नै चल्न छाड्यो । डाक्टरलाई अवस्थाबारे जानकारी गराउँदा पनि कुनै वास्ता गरिएन र एक दुई दिनमै ठीक हुने भनेर पन्छाइयो । तर पीडा झनै बढ्न थालेपछि भदौ ९ गते मिलनको दोस्रो अपरेशन गरियो र घुँडाभन्दा तलको मांशपेशीमा इन्फेक्सन सुरु भयो । त्यसपछि भदौ ११ गते अर्को अप्रेशनसमेत गरियो । तरपनि मिलनको गोडा ठीक भएन बरु झनै जटिल बन्यो । मध्यपुर अस्पतालमा उपचार हुन नसक्ने भएपछि मिलनका परिवारले जबर्जस्ती अस्पतालबाट निकालेर ग्वार्कोको बि एण्ड बी अस्पतालमा भर्ना गराए । तर बि एण्ड बी अस्पतालका डाक्टर बाबुकाजी श्रेष्ठले गोडामा पुरै इन्फेक्सन भएको भन्दै गोडा नकाटे मान्छे नबच्ने बताएपछि भदौ १५ गते मिलनको गोडा काटियो र २७ वर्षीय युवा अहिले अपाङ्ग बनेका छन् ।बि एण्ड बी अस्पतालका अनुसार मिलनको घुँडाभन्दा तल रगत सञ्चालन नै भएको थिएन । पहिलो अप्रेशन पछि रगत सञ्चालन नै नभएकाले मिलनको गोडामा इन्फेक्सन भएको थियो जसको कारण मिलनको गोडा काट्नुपरेको हो । अप्रेशनपछि मिलनको गोडामा रगत सञ्चालन नभएको पहिलो अप्रेशन गर्ने मध्यपुर अस्पतालका डाक्टर रामकृष्ण श्रेष्ठ स्वयम् स्वीकार गर्छन् । यता पीडित २७ वर्षीय युवा मिलन लामा पनि आफ्नो चोटको कारण नभएर मध्यपुर अस्पतालका डाक्टरको कारण आफू अपाङ्ग हुनुपरेको गुनासो गर्छन् । यसरी एउटा डाक्टरले अप्रेशनमा ‘गलत प्राक्टिस’ गरिदिँदा २७ वर्षे एक युवकले आप्mनो गोडा गुमाएका छन् । अप्रेशनमा आफ्नो गल्ती ढाकछोप गर्न मध्यपुर अस्पतालले उपचारमा लागेको १ लाख ५५ हजार सहित ७० हजार थप रकम आफन्तको परिवारलाई फिर्ता दिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video