शिक्षा /स्वास्थ्य
Sep 27, 2019
वाह डाक्टर हुन त यस्तो पो
काठमाण्डौं । असोज १० । रौत्हटको सदरमुकाम गौर देखि सिधा दक्षिण १२ किलोमीटर भारतको ढाका एउटा सानो सहर जहाँ एकजना डक्टरको अहिले निकै चर्चा छ । उनको चर्चा ढाका सहरमा मात्र सिमित छैन भारत र नेपालको तराई भुभागको झुपडीहरुमा पनि उत्तिकै छ । उनै चर्चामा रहेका परोपकारी व्यक्तित्व हुन डा.ए.के. झा । 
अधवैशे उमेर छरीतो शरीर, मिठो बोली, नम्र व्यवहार डा झा अरु डक्टर भन्दा निकै भिन्न स्वभावका छन् । डा झाको स्वभाव मात्र होइन मन पनि निकै भिन्न छ । उनि डक्टरी पेशा पैसा कमाउनको लागि भन्दा पनि सेवाको लागि गदै आइरहेका छन् ।
वर्तमान समयमा डाक्टर तथा हस्पिटल संचालकहरुले सम्पुर्ण रकम असुली नगरिकन परिवारलाई मृत लास पनि सुम्पिदैनन । यस्तो समयमा कमाई भन्दा सेवालाई ध्यान दिने तथा उपचार गर्न आएका बिरामीलाई कम्पाउण्डरको सहारामा नछोडी आफै निरन्तर हेरचाह गर्ने र आवश्यक परेको बेला पिडित रोगी बिरामीलाई निशुल्क उपचार समेत गर्ने डा. झाको परोपकारी काम कुनै सामाजीक अभियन्ताको भन्दा कम छैन् । 
वर्तमान समय स्वार्थी छ परोपकारमा लाग्ने डा. झा जस्ता व्यक्ती समाजमा थोरै छन । जसले व्यतिगत लाभ भन्दा सेवालाई प्राथमिकता दिन्छन । केही समय अगाडि मात्र पुर्व एमालेको नेपाल बुद्धिजीवी परिषद रौतहटका क्षेत्रनं १ को क्षेत्रीय अध्यक्ष नवीन झा आफ्नो श्रीमती बिरामी भएको कारण शल्यक्रिया गराउन नाम चलेका समाजसेवी डाक्टर ऐ. के. कहाँ मोतिहारी पुगे । डाक्टरको सेवा र सहयोग हेरेर उनी निक्कै प्रभावित भएका थिए । बिरामीको आफन्ताले पैसा नतिरेको कारण मृत व्यतिको लास समेत सुम्पिन नमानेको घटना धेरै छ । तर एक जना डा. झा जस्ले उपचारमा पुगेका बिरामी तथा परिवारका लागि आर्थिक, मनोवैज्ञानीक, लगायतका सहयोग गर्न कुनै कञ्जुस गदैनन् । पैसा नभएर इमरजेन्सीका बिरामी समेत नहेर्ने त्यस्ता डाक्टरहरुको लागि डा. ऐ. के. झा एक सिखाईका पात्र मात्र होइनन् एक अभियन्ता समेत हुन । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video