तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत  |  तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा  |  सरकारी कार्यालयमा एकैपटक छ सय करार कर्मचारी माग, यसरी गर्नुहोस आवेदन  |  नेपाल नर्सिङ संघको नयाँ कार्य समितिका लागि रानाको नेतृत्वमा संयुक्त पेशागत समूहको उम्मेद्धवारी घोषणा  |  विपद् पहिचानको नक्सा बनाउँदै कामपा  |  अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री  |  उपनिर्वाचनमा सरकारको अनुमोदान भएको छ : नेता अधिकारी  |  आज मिति २०७६ मंसिर २३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण  |  नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
अर्थतन्त्र/सेयरबजार
Sep 30, 2019
शेयर बजार : दोहोरो अङ्कले बढ्यो
काठमाडौँ, असोज  १३ लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोवार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कूल १५७ कम्पनीको छ लाख ३३ हजार ९५१ कित्ता शेयर रु १६ करोड ८८ लाख २८ हजारमा खरीद–बिक्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बीमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बीमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् । कारोवारका आधारमा आज सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड १३ लाख ६० हजार २६५ बराबरको कारोवार भयो । यस्तै प्रभु बैंक रु एक करोड ३१ लाख ११ हजार ४७०, नेपाल बैंक रु एक करोड १८ लाख ९८ हजार ९५८, सानिमा बैंक रु ८२ लाख ३७ हजार २३६, सिटिजन बैंकको संस्थापक शेयर रु ७५ लाख र शिवम् सिमेन्टको रु ७० लाख ३४ हजार ७४० मा कारोबार भइ शीर्ष स्थानमा छन् । स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिशन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५.२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए । माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video