विचार/अन्तरवार्ता
Sep 20, 2015
हामीले यति वुझेनौ की संविधान कुनै जातीको वंसावली होइन
 प्रवीण थपलिया ३ असाेज आज नयाँ संविधान बनेका खुसीयालीमा रमाउने दिन दिपावली गरेर खुसीयाली मनाउने दिन । खै कसरी रमाउ खै कसरी दिपावली मनाउ कोही दिपावली गरे भौतिक कारवाही गर्छु भन्छन । कोही व्लयाकअउट गर्छु भन्छन् काेही संविधान जलाउँछु भन्छन काेही कालाे दिन भन्छन काेही खुसीकाे दिन भन्छन छिमेकीहरु संविधान जारी नगर भनछन कोहीले दिपावली गर्नु भन्दा अगाडिनै नयाँ संविधान जारी गरी सके कसैले नयाँ संविधान लेख्दै होलान थरुहटको संविधान को खुसीयालीमा दिपावली गरु या मदेशको संविधानको खुसीयालीमा वा मगरातको , लिम्वुवान या विप्लवको संविधानको या संविधान जलाइयाे भनेर खुसीयालीमा । हामी सवैले अधिकार मागि रहयौ तर कर्तव्य भुल्यौ । हामीले यति वुझेनौ की संविधान कुनै जातीको वंसावली होइन सवै पुस्ताको संवोधन गरिनु पर्ने । हामी आफु केही गर्न सक्दैनौ अनि राज्य कानुन लाई दोष दिन्छौ । विश्वको धनिहरुको सुचिमा नाम भएका विनोद चौधरीलाइ के ले रोक्यो । मदेशी नेता ज्यू तपाईहरु सधै भन्नु हुन्छ हाम्रो अधिकार खोसीयो हामी नेपालमा वसेर र पनि तेस्रो दर्जाको नागरिक भयौ भनेर यति स्पष्ट पारिदिनुहोस मधेशीको कुन कुन अधिकार खोसिएको रहेछ
मधेशमा स्कूल र कलेज छैन ?
मधेशका स्कूलमा, मधेशी नानीहरूलाई पढ्न दिदैनन् ?
मधेशीले राजनीतिक दल खोल्न र चुनाव लड्न पाएनन् ?
मधेशमा अस्पताल छैन ?
मधेशमा बाटो पक्की छैनन् ?
मधेशमा बजार छैन ?
मधेशीले पहाड हिमाल अनि काठमाडौमा घररघडेरी किन्न पाएनन् ?
मधेशमा खाने पानी छैन ?
मधेशमा बस, ट्रक, ट्रैक्टर, मोटरसाइकल चल्दैन ?
मधेशमा चामल छैन ? धान बेसी फल्ने नै मधेशमा हो ।
मधेशकाले लोकसेवा, प्रहरी, शिक्षक आदिको जाँच दिन पाएनन् ?
वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सर्वोच्च अदालतबाट भरखरै सेवानिवृत्त प्रन्या रामकुमार पनि पहाडकै हुन त ?
त्यसो भए किन र के का लागि आन्दोलन आन्दोलन त हामीले गर्नु पर्ने हो दूईचार जना पहाडीया मन्त्रि भए भन्दैवै सवै पहाडीयाहरूलाइ सम्पन देखने तपाईहरुको नजर दोषि । अहिलेको आरक्षण व्यवस्थामा विश्वको धनिको सुचिमा नाम भएका विनोद चौधरीका सन्ताले आरक्षण पाउँछन तर एउटा पहाडि गरिव वाहुनले त्यो सुविधा पाउँदैन किन त्यस विषयमा किन वोल्नु हुन्न अनि सधै भन्नु हुन्छ मदेश मदेश किन भन्नु हुन्न पहाड हिमाल । सोच्थे सविधान वन्यो भनेत सवै नेपाली जन्ताहरु खुसी हुन्छन होला । तर त्यस्तो होइन रहेछ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video