रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा  |  विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान  |  अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै रिट निवेदन  |  उपनिर्वाचन २ ०७६ : नेकपाले लगायो उम्मेदारी टुङ्गो, काङ्ग्रेस छलफलमै  |  संविधान र लोकतन्त्रका पक्षमा मतदान गर्न नेता रिजालको आग्रह  |  आज मिति २०७६ कार्तिक २७ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत  |  कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस
समाज
Oct 01, 2019
गढीमाई विकासका लागि डिपिआर तयार हँुदै
वीरगञ्ज, असोज १४ भारतीय सीमासँग जोडिएको बाराको गढीमाई नगरपालिका–१ मा रहेको प्रसिद्ध धार्मिक तथा प्राचीन शक्तिपिठ गढीमाई मन्दिर तथा सो क्षेत्रको विकासका लागि नगरपालिकाले रु एक अर्ब ९० करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ । नगरप्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रमा रहेको ऐतिहासिक पोखरीको मध्यभागमा सूर्यदेवताको मन्दिर बनाउन रु १२ करोडको डिपिआर तयार भइरहेको जानकारी गराउनुभयो । सो क्षेत्रको ऊर्जा, खानेपानी बाटोजस्ता पूर्वाधारको विकास गर्न नगरपालिकाले डिपिआरसमेत तयार गरेको बताइएको छ । करीब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई क्षेत्रमा प्रत्येक पाँच–पाँच वर्षमा धार्मिक मेला लाग्ने गरेको छ । त्यहाँ नेपाललगायत भारतबाट लाखौँ दर्शनार्थी मेला भर्न आउने गरेका छन् । मेला भर्न आउने दर्शनार्थीको सुविधालाई ध्यानमा राखी नगरपालिकाले सो क्षेत्रमा बासस्थान, खानेपानी, शौचालयलगायतको व्यवस्था गरेको छ । विश्वमा सबैभन्दा बलि दिने गढीमाई मेला विश्वको सबैभन्दा ठूलो मेला मानिन्छ । सो मन्दिरका ११औँ पुस्ताका पुजारीका रुपमा शिव चौधरी हुनुहुन्छ् । सो क्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रीय क्षेत्रका रुपमा विकास गर्न नगरपालिका कटिबद्ध रहेकाले यसमा प्रदेश सरकार र सङ्घीय सरकारको समेत सहभागिता हुनुपर्ने स्थानीयवासीको माग छ । उक्त मेला असोजदेखि शुरु भई मङ्सिरसम्म रहने गरेको गढीमाई मन्दिर सञ्चालक तथा विकास समितिले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video