प्रमुख समाचार
Oct 01, 2019
घुस लिएको अभियोगमा पक्राउ
काठमाडौँ, असोज १४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ४० हजार घुस लिएको अभियोग उनीहरुमाथि लागेको छ । आयोगको बुटवलबाट खटिई गएको टोलीले शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो । आरोपीद्वयको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video