प्रमुख समाचार
Oct 02, 2019
स्थानीय तहलाई पशुपन्छीको अनुगमन गर्न निर्देशन
काठमाडौँ, असोज १५ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई दशैँलगायत चाडपर्वका अवसरमा पशुपन्छीको अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौड्यालले चाडपर्वमा स्वस्थ, स्वच्छ तथा गुणस्तरीय पशु तथा पशुजन्य पदार्थको बिक्री वितरण गर्न सबै स्थानीय तहलाई बजार अनुगमन गर्न निर्देशन जानकारी दिनुभयो । मन्त्रालयले चाडपर्वका अवसरमा पशु तथा पशुजन्य पदार्थको खपत तथा पशुपन्छीको ओसारपसारमा वृद्धि हुने र उक्त समयमा पशुपन्छीको महामारीजन्य रोगको जोखिम बढ्ने भएकाले पशुपन्छी हाटबजार लगायतका क्षेत्रमा पशुपन्छीको रोगको सघन निगरानी गर्न र रोगको शङ्का लागेमा तत्काल नमूना सङ्कलन गरी प्रयोगशालामा पठाउनसमेत निर्देशन दिएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video