प्रमुख समाचार
Oct 02, 2019
फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्दछ : प्रधानमन्त्री
जनकपुरधाम, असोज १५ प्रधानमन्त्री केपी शर्माले नेपाल टेलिकमले विस्तार गरेको फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले काठमाडौँबाट भिडियो कल गरी सो सेवाको उद्घाटनका क्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतसँग भएको कुराकानीका क्रममा सो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो “फोरजी सेवालाई क्षमताअनुरूप सञ्चालन गर्नुपर्छ ।” नेपाल टेलिकमको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय वीरगञ्जद्वारा आज जनकपुरधामको टेलिकम कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री राउतले सेवालाई भरपर्दो बनाउनुपर्दछ भन्नुभयो । उहाँले निजी कम्पनीको सेवाभन्दा टेलिकमको सेवा पारदर्शी भएको बताउँदै आफूसँग भएको टेलिकमको मोबाइलले सही तथ्य दिने गरेको तर एनेसेलको मोबाइलले अपारदर्शी ढङ्गले रकम लिएको प्रसङ्ग उल्लेख गर्नुभयो । मुख्यमन्त्री राउतले टेलिकमले जनताको भरोसाअनुसार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै फोरजी सेवालाई प्रदेशको कुनाकाप्चामा पु¥याउनुपर्ने खाँचो औँल्याउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video