धर्म/संस्कृति
Oct 06, 2019
राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजा अर्चना
काठमाडौं,  असोज १९ महाअष्टमीको शुभ दिन आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा अर्चना गर्नुभयो । राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्नुभयो । उहाँले सम्बन्धित मन्दिरका पुजारीबाट फूलप्रसाद एवं टीका ग्रहण गर्नुभयो । महाअष्टमीका दिन शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवीभगवतीको पूजाआराधना गर्नाले सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video