स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
कृषि/प्रविधि
Oct 14, 2019
कीराको प्रकोपले धानबाली नष्ट भएपछि किसान चिन्तित
धम्बोझी, असोज २७ धानबालीमा कीराको प्रकोप नियन्त्रणमा आउन नसक्दा किसानका धानबाली नष्ट भएको छ । बाँके नेपालगञ्ज उपमहानगरपालिकाको पुरैनीपुरैना डुडुवा गाउँपालिकाको बेतहनी हिरमिनिया तथा राप्ती सोनारी गाउँपालिकाको बैजापुर र फत्तेगाउँमा केही दिनदेखि फौजी कीराको कारण धान बालीमा क्षति पुगेपछि किसान चिन्तित भएका छन् । फौजी कीराले फौजी आक्रमण गर्ने हुँदा धानका बाला काटेर नोक्सान पु¥याएको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरको कौशीला चौधरीले बताउनुभयो । फौजी कीराको प्रकोपले अहिले बाँकेका किसानले काट्नका लागि तयार भएको धान कीराले काटेर सखाप भएको चौधरीले बताउनुभयो । कृषि पकेट क्षेत्र मानिने बाँके जिल्लाको डुडुवा ६ हिरमिनियाको कालाबन्जार गाउँका किसान रतिराम कुम्हारले आफ्नो दुई बिघा १२ कट्ठा जग्गामा रोपेको धानबाली कीराले एक हप्तामा सखाप पारेको देखाउँदै दुःख व्यक्त गर्नुभयो । त्यसैगरी डुडुवा गाउँपालिकाको ६ हिरिमिनिया फौजी कीराको प्रकोपले किसान मर्कामा रहेका छन् । फौजी कीराले धानबाली सखाप पारिदियो कसरी आफ्ना बालबच्चा पाल्ने भन्ने किसानले रुँदै आइरहेको छन् चिन्ता लागिरहेको छ उता बाँकेमा पनि र बर्दियाको बढैयातालका बोकटीया गाउँमा पनि धानबालीमा कीराको प्रकोपले धानबाली सखाप हुँदा भोकमरी निम्तने खतरा हुने औँल्याउँदै ९० प्रतिशत धान बाली रोपेको ठाउँमा नष्ट भएको देखेको कृषि ज्ञानकेन्द्र बाँकेको कार्यालय प्रमुख सागर ढकालले भन्नुभयो । कतिपय ठाउँमा अनुगमन गर्दा किसानको धान हेरेर विषादी छर्कन लगाएको तर तरिका नमिलेपछि कीरा नमरेको कारण धानबालीलाई कीराले सखाप अझै बनाइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख ढकालको भनाइ छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video