स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
विचार/अन्तरवार्ता
Oct 16, 2019
राजनीतिको छत्रछाँयामा मात्र रमाउनेले एनआरएनएको नेतृत्व गर्न सक्दैन : नेपाली समाज मकाउका अध्यक्ष दोर्जे
काठमाण्डौं । दोर्जे तामाङ (लामा) नुवाकोटको सुर्यगढी गाँउपालीका २ निवासी हुन् । सन् २००३ देखि मकाउमा कार्यरत लामाको व्यक्तिगत जिबनमा आएका बिभिन्न उतारचढावका बिच हाल मकाउका दुई कम्पनीका सञ्चालक बन्न सफल भएका छन् । दोर्जेको लगानीमा कमाउमा मण्डला क्लिनर कम्पनी र मण्डला सेक्युरीटी सप्लायर्स नामकादुईवटा कम्पनी सञ्चालनमा रहेका छन् । बिगत ७ बर्ष देखि सञ्चालीत कम्पनीमार्फत नेपाली र बिदेशी गरी ७ सय भन्दा बढीले बिभिन्न कम्पनीहरुमा रोजगारी समेत पाएका छन् । दोर्जेको कर्मक्षेत्र मकाउ उनका लागि पैसा कमाउने ठाँउ मात्र नभएर सामाजीक र परोपकारी काम गर्ने ठाँउको रुपमा पनि रहेको छ । दर्जनौ संघसंस्थाको नेतृत्व गरिरहंदा कयौं समस्यामा परेका नेपालीहरुलाई दोर्जेले सहयोग गर्ने मौका समेत पाएका छन् । देर्जे भन्छन् मैले खल्तीको पैसा झिकेर कतिपयलाई टिकट काटेर पठाईदिएको समेत छु कयौं मकाउमा बेरोजगार भएकाहरुलाई रोजगारी समेत दिलाएको छु, नेपाल र्फकन चाहनेहरुलाई सहयोग समेत गरेको छु ” 
Image may contain: Dorge Lama, closeup
नेपाली समाज मकाउको अध्यक्ष, तामाङ घेदुङ मकाउको पुर्व अध्यक्ष, एनआरएनए मकाउको पुर्व कोषाध्यक्ष तथा सल्लाहकार समेत रहेर काम गरिसकेका दोर्जे प्रति मकाउबासी नेपालीहरुको निकै आशा र भरोसा पनि छ । मकाउमा बस्ने नेपालीहरुको पिरमर्का, ठगी तथा समस्यामा परेका नेपालीहरुलाई उद्धार गर्न समेत दोर्जेको महत्वपुर्ण योग्दान रहेको छ । “मैले सकेको सहयोग गदै आईरहेको छु । कतिपय व्यक्तिगत पैसा खर्च गरेर पनि संस्थाको नाम राख्ने काम गरेको छु ।” दोर्जेले अपांगता भएकाहरुलाई, जेष्ठ नागरीक, एचआईभी संक्रमीत बालबालीकाको हितका निम्ती सहयोगहरु गरिरहेका छन् । गैरआवासीय नेपाली संघको नवौं महाधिवेशन तथा विश्व सम्मेलनमा काठमाण्डौं आईपुगेका दोर्जेसंग एनआरएनएको भावि नेतृत्वको बिषयमा सगरमाथा पोष्ट डट कमका लागि सम्पादक रबिनप्रसाद थपलियाले गर्नुभएको छोटो कुराकानी । 
गैरआवासीय नेपाली संघको आजै निर्वाचन हुंदैछ अवको भावि नेतृत्व कस्तो आउनुपर्दछ ? 
सर्वप्रथम भावि नेतृत्वका लागि उम्मेद्धवार द्धयलाई अग्रिम सुभकामना दिन चाहन्छु । गैरआवासीय नेपाली संघ विश्व भर छरिएर रहेका नेपालीहरुको साझा संस्था हो । त्यसैले यस संस्थाको नेतृत्व गर्ने व्यक्तिले प्रवासी नेपालीहरुको हितमा काम गर्न सक्ने क्षमता राख्नुपर्दछ । भावी नेतृत्व स्वच्छ छविको हुनुपर्दछ । सकेसम्म राजनीतिलाई भन्दा गैरआवासीय नेपाली अभियानमा समय दिन सक्ने नेतृत्वको आवश्यक छ । विदेशी लगानीलाई नेपालमा ल्याएर नेपालको हितमा काम गर्न सक्ने व्यक्तिको आवश्यक छ । व्यक्तिगत स्वार्थको लागि भन्दापनि देशको हितमा काम गर्न सक्ने व्यक्ति अवको एनआरएनएको नेतृत्वमा ल्याउनु पर्दछ । 
Image may contain: Dorge Lama, standing, sunglasses, sky, outdoor, nature and closeup
एनआरएन भित्र राजनीति हावी भएको चर्चा छ नि ? 
राजनीति आफनो ठाँउमा हुन्छ तर गैरआवासीय नेपाली संघ भित्र पार्टीगत राजनीति ल्याउनु हुंदैन । राजनीति बिना समाजको कुनै ठाँउ अछुतो छैन । तर संघ भित्र प्रत्यक्ष राजनीतिलाई ल्याउनु हुंदैन । भावी नेतृत्वको चुनाव हुंदै छ चुनामा लागेको खर्च बिभिन्न बहानामा उठाउने र राजनीतिको छत्रछाँयामा बस्ने व्यक्तिले एनआरएनए चलाउन सक्दैन । 
अब आउने नयाँ नेतृत्वले गर्नुपर्ने काम के के हुन सक्छन ?
सवै भन्दा पहिला विश्व भर रहेका नेपालीहरु जस्ले लगानी गर्न सक्छन उनिहरुबाट रकम संकलन गरेर नेपालका ठुला आयोजनाहरुमा लगानी गर्ने वातावरण तयार गर्नुपर्दछ । जस्ले गर्दा नेपालमा लगानी पनि बढदछ र रोजगारी पनि । 
बिगतमा नेतृत्व गर्नेहरुमा धेरै कमि कम्जोरीहरु देखिए अवको नेतृत्वले स्वार्थमा नहेरेर राजनीतिक दबाब भन्दा पनि नेपालीको हितमा काम गर्नुपर्दछ । अस्ट्रेलियामा घर बनायो, क्यानेडामा घर बनायो, एनआरएन भएर बस्यो त्यो ठुलो कुरा भएन त्यो व्यक्तिगत कुरा मात्र भयो तर त्यहाँ कमाएर बचाएको पैसा नेपालमा लगानी गर्नु ठुलो कुरा हो । त्यसैले अव बिदेशमा कमाएको पैसा नेपालमा लगानी गर्नुप¥यो । 
तपाँई मकाउमा लामो समय देखि बसोबास गदै आउनु भएको छ मकाउमा बस्ने नेपालीको समस्या कस्तो छ ?
मकाउमा रोजगारीमा आउने नेपालीहरुमा खासै ठुलो समस्याहरु छैन् । मकाउमा बढी जसो कामको भन्दा पनि ठगीको समस्याहरु आउने गर्दछ । मकाउमा झण्डै ५५ सय नेपाली कार्यरत रहेका छन् । अरु देशको तुलनामा मकाउमा काम गर्ने कामदारको तलब निकै राम्रो छ । न्युनतम १ लाख २५ देखि बेलगार्डमा ५ लाख सम्म र इन्डीभिजयलमा म्यानेजरहरुले १० देखि ११ लाख सम्म खान्छन् ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video