स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
समाज
Oct 17, 2019
छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव ः मुख्यमन्त्री राउत
गौशाला, असोज ३० ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने बताउनुभएको छ । बुधबार महोत्तरीमा आयोजित साइकल वितरण सामारोहमा उहाँले वर्तमान समयमा सङ्घीय सरकारको शिक्षा नीतिले समग्र शिक्षा क्षेत्र धरासायी हुँदै गएकाले शिक्षा क्षेत्रमा फड्को मार्नका लागि सम्पूर्ण अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राउतले आजको आवश्यकता प्राविधिक शिक्षा रहेकाले प्रदेशलाई नै प्राविधिक शिक्षाको हब बनाउने दिशामा प्रदेश सरकार अग्रसर रहेकोे प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले ल्याएको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रमले यहाँका महिलामा शैक्षिक क्रान्ति ल्याउने दाबी गर्नुभयो । “छोरीलाई अभिशाप नभई बरदानको रुपमा बुझ्नु पर्छ”, उहाँले भन्नुभयो, “छोरी शिक्षित भए मात्र सामाजिक रुपान्तरण सम्भव हुन्छ ।” यसैबीच ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत एकैदिन महोत्तरीका पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र एकडारा गाउँपालिका गरी चार विद्यालयमा साइकल वितरण कार्यक्रम सम्पन्न भएकोे छ । मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा जिल्लाको पिपरा गाउँपालिकाको श्री मावि सहोडबामा ३३, रामनारायण अयोध्या मावि पिपरामा ९५, जलेश्वर नपाको प्रकौली माविमा ६८ र एकडारा माविमा ७६ गरी कक्षा ८ मा अध्यनरत कूल २७२ छात्राहरुलाई साइकल वितरण गरिएको हो । साइकल वितरण कार्यक्रममा पूर्वमन्त्री एव समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण यादव, केन्द्रीय सदस्य रवीन्द्र ठाकुर, प्रदेश सरकारका समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहा, समाजवादी पार्टी महोत्तरीका अध्यक्ष नागेन्द्र यादवसहितको सहभागिता थियोे ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video