स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
राजनीति
Oct 19, 2019
पार्टी अनुसन्धानको विपक्षमा उभिन सक्दैन : सभापति देउवा
काठमाडौँ, कात्तिक २ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कानूनी राज्यमा विश्वास गर्ने भएकाले काङ्ग्रेस कोही माथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन नसक्ने बताउनुभएको छ । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा शुक्रबार आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाको अन्योलताबारे सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी स्पष्ट पार्दै कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्य तथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्ने उल्लेख गर्नुभयो । “बाह्र वर्ष पुरानो मुद्दामा मैले यही सङ्केत गरेको हुँ”, देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काङ्ग्रेसको सहयोग रहने स्पष्ट पार्दै सभापति देउवाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने पार्टीको प्रष्ट मान्यता रहेको सार्वजनिक रुपमा प्रष्ट्याउनुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video