निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
पर्यटन /बिबिध समाचार
Oct 22, 2019
गाभर भ्यालीमा आन्तरिक पर्यटकको लर्को
– भेषराज बस्नेत
राँझा, कात्तिक ५
बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ । नेपाल सरकारले सूचीकृत गरेका प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरवासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार, बाँके, बर्दिया मात्र भई कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ का अन्य जिल्लाबाट बढी मात्रामा घरवासमा पाहुना घुम्न आउने गरेका छन् । छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ । थारू र मुगाली समुदायद्वारा सञ्चालित उक्त घरवासमा दैनिक करीब ५०० पर्यटक पुग्ने गरेका छन् । सो घरवासमा दशैँका बेलासमेत आन्तरिक पाहुनाको चहलपहल नघटेको चौधरीको भनाइ छ । बाहिरी जिल्लाका साथसाथै पर्व मनाउन बाँके फर्किएका सर्वसाधारण यतिबेला घरवासमा घुम्न आउने गरेका उहाँले बताउनुभयो । “यतिबेला बाहिरी जिल्लासँगै बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहनुभएको छ”, चौधरीले भन्नुभयो, “दशैँ मान्न गृहजिल्ला आउनुभएकाहरु समय मिलाएर यहाँ आउने गर्नुभएको छ ।” काठमाडौँमा इञ्जिनीयरिङ अध्यापन गर्दै आउनुभएका नेपालगञ्ज उपमानगरपालिका–१० का नरेश श्रेष्ठले दशैँ बिदामा घर आएका बेला घरवासको स्वाद चाख्न गाभर पुगेको बताउनुभयो । काठमाडौँमा बस्दा गाभर होमस्टेबारे जानकारी पाएकाले अहिले दशँँै बिदाका बेला गाभर पुग्ने अवसर मिलेको उहाँले उल्लेख गर्नुभयो । दशैँ पर्वमा समेत पाहुनाको चहलपहलले घरवास सञ्चालक उत्साहित भएका अध्यक्ष चौधरी बताउनुहुन्छ । दशैँका अवसरमा पोखरा, काठमाडौँलगायतका ठाउँबाट पर्यटन व्यवसायीसमेत गाभर भ्याली घुम्न आएका छन् । यहाँ लगानीसँगै घरवास र ठूलो लगानीका आरामदायी होटलसमेत थपिएका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने तीन निजी घरवास र दुई होटल थपिएका छन् । गाभर भ्याली सामुदायिक घरवासकै च्यामा क्षेत्रका रूपमा अहिले च्यामामा पनि घरवास विस्तार भएका छन् । च्यामामा करीब रु एक करोडको लगानीमा गणेश चौधरीले सुविधासम्पन्न रिसोर्ट प्रकारको घरवास सञ्चालनमा ल्याउनुभएको छ । घरवासभन्दा अलि फरक तरिकाले सुविधासम्पन्न होटलका रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । “होमस्टे धेरै भइसकेका छन्, त्यो भन्दा अझ राम्रो सुविधा खोज्ने पाहुनालाई आकर्षित गर्न ठूलो लगानी गरेको हुँ”, उहाँले भन्नुभयो, “पाहुनाको कमी छैन, त्यसैले सेवा र सुविधा विस्तार गर्न लागेका छौँ ।” विसं २०७० मा शुरु भएको गाभर भ्याली घरवास अहिले नेपालकै नमूना घरवासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको अध्यक्ष चौधरीले बताउनुभयो । सो घरवासमा शुरूका दिनमा रु २०÷३० हजारबाट व्यवसाय शुरू गरिए पनि अहिले कुनै घरले रु २० लाख र कुनैले रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाइ छ । “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ, यस्ता सवाल उठान गर्ने गाभर भ्याली होमस्टे एउटा होमस्टे मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको शुरुआत गर्ने स्थल हो”, चौधरीले भन्नुभयो, “गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।” बाँकेको पहिलो सामुदायिक गाभर भ्याली घरवासमा १७ घरले आन्तरिक पाहुनालाई स्वागत सत्कार गर्दै आएका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video