स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
समाज
Oct 22, 2019
झिनियाँ बनाउन व्यस्त महिला उद्यमी
गलकोट, कात्तिक  ५ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै झिनियाँको माग बढ्न थालेको छ । तिहार रङहरुको पर्व भएका कारण त्यसका लागि सप्तरङ्गी झिनियाँको मागसमेत अत्याधिक हुनेगरेको छ । तिहारलाई आवश्यक झिनियाँका परिकार निर्माण गर्न बागलुङका उद्यमी यतिबेला निकै व्यस्त छन् । बागलुङ, पर्वत तथा म्याग्दीलगायत जिल्लाबाट झिनियाँ रोटीको माग हुन थालेकाले बनाउन भ्याइनभ्याई भएको सम्बद्ध उद्यमी बताउछन् । भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीको रुपमा दाजुभाइलाई खुवाउने परम्परा रहेकामा अन्य चाडवाडमा पनि यसको माग बढ्न थालेकाले बाह्रैमहीना झिनियाँ रोटी बनाइने भए पनि तिहारको समयमा भने माग पु¥याउन धौधौ भएको उनीहरूको भनाइ छ । दशैंँ र तिहारलाई लक्ष गरेर दुई महीना अगाडि देखि नै झिनियाँ रोटी बनाउन थालिन्थ्यो तर यसपाली वर्षका कारण पहिलै झिनियाँ तयार गर्न मुस्किल भएकाले अहिले उत्पादन गर्न हतार भएको बागलुङ बजारस्थित मरेपिपलकी मीरा श्रेष्ठ बताउनुहुन्छ । तिहारको बेलामा भने झिनियाँको माग अत्याधिक हुने गर्दछ । “दशैँसम्मै वर्षा भएका कारण यसवर्ष लक्ष्य अनुसार झिनियाँ उत्पादन गर्न सकेका छैनाँै’ उद्यमी श्रेष्ठ भन्नुहुन्छ, “यहीँ बेला रू चारदेखि पाँच लाखसम्मको झिनियाँका परिकार उत्पादन गर्ने लक्ष्य छ ।” उद्यमीहरु बिहान तीन बजेदेखि नै उठेर झिनियाँ निर्माणमा व्यस्त हुने गरेका छन् । “अहिले झिनियाँको माग अत्याधिक छ” अर्का उद्यमी कुसुम बुढा बताउनुहुन्छ, “तिहारमा यसको महत्व भएकाले माग ह्वात्तै बढेको छ ।” उहाँका अनुसार रू एक हजार पाँचसयको चामलबाट करीब रू दुई हजार पाँचसयदेखि रू तीन हजारसम्मको झिनियाँ उत्पादन गर्न सकिन्छ । होलसेलमा प्रतिदर्जन रू १००मा तथा फुटकरमा रू १५०मा झिनियाँ बिक्री गर्दै आइरहेका उद्यमीहरु यतिबेला यसलाई तयार गरेर सुकाउनमै व्यस्त छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video