मिति २०७७ साल जेष्ठ १६ गते शुक्रबार, मे २९ तारीख हेरौं राशिफल  |  काठमाण्डौंमा आर्कषक मानिएका बृत्तका प्रमुखहरु सहित ८४ डिएसपीहरुको सरुवा, को कहाँ सरुवा ?  |  नेपाल प्रहरीका हालै बढुवा भएका ६० डिएसपीको पदस्थापन, कस्लाई कहाँ जिम्मेवारी ?  |  आगामी आवको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोड,कर्मचारीलाई प्रोत्साहन रकम  |  २७२ अस्पताल निर्माण गरिने  |  श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने  |  अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु  |  भारतबाट आएकाको स्वाब सङ्कलन  |  ठूलो सङ्ख्यामा नेपालीको उद्धार  |  अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
प्रमुख समाचार
Oct 23, 2019
बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते १ विद्यार्थीको अवस्था गम्भीर
काठमाडौँ,कात्तिक  ६ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको बरण्डा भत्किँदा सोही विद्यालयका ३६ विद्यार्थी घाइते भएका हुन् । घाइते विद्यार्थीको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारका प्रमुख, प्रहरी नायब निरीक्षक चन्द्र अधिकारीले एकतला माथि बसेर विद्यालयको फुटबल प्रतियोगिता हेरिरहेको अवस्थामा दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनामा नौ वर्षीय सुमिका लामा र १० वर्षीय सन्जु थिङ गम्भीर घाइते भएका छन् । लामाको टाउकोमा र थिङको च्युँडोमा चोटपटक लागेको अधिकारीले बताउनुभयो । विद्यालयका प्राचार्य दीपक धितालले बरण्डामा बसेर खेलकूद प्रतियोगिता हेरिरहेको अवस्थामा भत्किएर दुर्घटना भएको उहाँले जानकारी दिनुभयो । घाइते हुनेमा कक्षा ३ देखि ६ कक्षामा पढ्ने विद्यार्थी रहेको प्राचार्य धितालले बताउनुभयो । गम्भिर चोट लागेर अस्पताल भर्ना हुने घाईतेको सङ्ख्या बढ्दो रहेको प्रहरीले जनाएको छ ।

तस्विर


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video