अपांगता/अल्पसंख्यक
Oct 26, 2019
अपांगता भएका व्यक्तिहरुलाई अन्य नागरीक सरह पुर्ण अधिकार दिलाँउछौं : काँग्रेस सभापति देउवा
रबिन थपलिया । काठमाण्डौं । कार्तिक ९। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिहरुलाई अन्य नागरीक सरह पुर्ण अधिकार दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
अपांगता भएका व्यक्तिहरुलाई अधिकार दिलाउन काँग्रेस साथमै रहेको बताँउदै सभापति देउवाले भन्नुभयो “अपांगता हुंदैमा हरेश खानुपदैन, हिनता बोध गर्नुपदैंन तपाँईहरुको पिडामा काँग्रेस साथमै छ”
Image may contain: 10 people, including Shrestha Bhojraj, people sitting, people standing and indoor
राष्ट्रिय लोकतान्त्रीक अपांग संघ केन्द्रीय कार्यसमितिद्धारा आज काठमाण्डौंको भृकुटीमण्डपमा आयोजना गरिएको सुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सभापति देउवाले नेपाली काँग्रेस सरकारमा गएपछि नितिगत निर्णय गरेर पुर्ण अधिकार दिलाउने बताउनुभयो । 
नेपाली काँग्रेसको सभापति बनेपछि आफुलेनै केन्द्र देखि स्थानीय तह सम्म अपांगता भएकाहरुलाई आरक्षणको व्यवस्था गरेको बताँउदै सभापति देउवाले आफु प्रधानमन्त्री भएको बेलामा अपांगता भएका व्यक्तिहरुलाई सामाजीक सुरक्षाको व्यवस्था समेत गरेको स्मरण गराउनुभयो । 
अन्य अपांगता भएका व्यक्तिहरुको तुलनामा स्पाइनल कर्ड इन्जुरी भएका अपांगता भएकाहरुको अवस्था जटिल रहेको प्रति आफु जानकार रहेको बताँउदै समय आएपछि उपयुक्त निर्णय गर्ने बताउनुभयो । 
Image may contain: 6 people, including Bikash Lama, people smiling, people standing and indoor
कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सङगठीत शक्तिलेनै अपांगता आन्दोलन उचाईमा पुगेको बताँउदै अपांगता भएका व्यक्तिहरुलाई अधिकार दिलाउन अझैं एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व उपसभापति एवं प्रभाबसाली नेता प्रकाशमान सिंहले अपांगता भएका व्यक्तिहरुका हक अधिकारका हुने आन्दोलनमा आफनो साथ रहने बताउनुभयो । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरीङ लामाले समाजमा सवै नागरीकलाई बाँच्न पाउने अधिकार रहेको बताँउदै अन्य नागरीक सरह अपांगता भएकाहरुको अधिकार पाउनुपर्ने बताउनुभयो । 
Image may contain: 5 people, including Shrestha Bhojraj, people smiling, people sitting and outdoor
राष्ट्रिय लोकतान्त्रीक अपांग संघ केन्द्रीय कार्यसमितिका अध्यक्ष भोजराज श्रेष्ठको सभापतित्वमा सञ्चालीत कार्यक्रममा नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाले अपांगता भएका व्यक्तिहरुको हर कार्यक्रममा आफनो एक्यबद्धता रहेको बताँउदै सुभदिपावली लगायतका चाडपर्वको अवसरमा सुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय पदाधीकारीहरु, बिभिन्न भातृसंस्थाका पदाधीकारीहरु लगायतको उपस्थीति रहेको थियो ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video