प्रमुख समाचार
Oct 28, 2019
मिथिलाञ्चलमा गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व मनाइँदै
जनकपुरधाम,  कात्तिक ११ जनकपुरधाम,  कात्तिक ११मिथिलाञ्चलमा आज गाईवस्तुको पूजा गरी गोवद्र्धन पर्व श्रद्धापूर्वक मनाइँदै छ । यस अवसरमा गाईको गोबरबाट गोवद्र्धनको प्रतिमा बनाई विधिवत् पूजा गरिने चलन रहेको छ । यसलाई गोधन पनि भनिन्छ । गोधनलाई भोलिपल्ट द्वितीया तिथिका दिन बिहान समाठ (मुसल विशेष) द्वारा कुट्ने गरिन्छ । गोधन कुट्ने विधि महिला वर्गद्वारा गरिन्छ । त्यसबेला गोधन गीत गाइने परम्परा पनि रहेको छ । गोवर्धन पर्वमा गाईवस्तुको पूजा गरेमा पशुवर्गको श्रीवृद्धि हुनाका साथै सन्तान तथा धनधान्यको वृद्धि हुने विश्वास रहेको पाइन्छ । यस दिन गाई दुहुने तथा हलो जोत्ने कार्य निषेध मानिन्छ । गाईवस्तुको पूजाअन्तर्गत गाईवस्तुलाई नयाँ दाम्लो हालिने तथा शरीरलाई पहेँलो, हरियो आदिले रङ्ग्याइने गरिन्छ । कतिपय स्थानमा गाईवस्तुको शरीरमा पञ्जाको रङ्गीन छाप लगाई दिनेसमेत गरिएका पाइन्छन् । यस दिन गोरुका घाँटीमा नयाँ घण्टी बाँधी पखेब (अनेक औषधीय वनस्पतिलाई एकत्र गरी ओखलमा कुटेर पानीसाथ तरल बनाएर गोरुलाई खुवाइने झोल पदार्थ) खुवाइने चलन रहेको छ । सोका लागि गोरुलाई एकत्र गरी विशेष प्रकारले पङ्क्तिबद्ध बाँधी काँरी (बाँसकाट बनाइने ढुङ्ग्रो विशेष)को सहायताले मुखमा खुवाइने गरिन्छ । पखेब तयार गर्दा वटवृक्षको जरा वा पात, बकाइनका पात, ककहियाका पात, चिरचिरीका पात, लपटाका पात, पानका पात, पिपरीका पात, गुम्माका पात, बाँसका पात, काँचो बेसार, सतञ्झा (सात प्रकारका अन्न), नून मरिच, खानेतेल लगायतका वस्तुहरू मिसाइने गरिन्छ । पखेब खुवाइएपछि गोरुलाई दौडाइने गरिन्छ, जसबाट एक प्रकारको मनोरञ्जन पनि हुने गर्दछ । यो पखेब गोरुलाई मात्र खुवाइने गरिन्छ, अन्य जनावर खुवाइँदैन । यस अवसरमा भगवान् इन्द्रद्वारा व्रजमाथि कुपित भएर घनघोर वर्षा गराइएको एवम् भगवान् कृष्णद्वारा गोवद्र्धन पर्वत उठाएर व्रजवासीको रक्षा गरिएको आख्यान पनि सुनाइने चलन पनि रहेको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video