स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
राजनीति
Nov 01, 2019
उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार
काठमाडौँ,  कात्तिक १५ आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षासम्बन्धी कार्ययोजना तयार भएको छ । चुस्त सुरक्षा व्यवस्था रहनेगरी संवेदनशीलताका आधारमा निर्वाचन केन्द्रहरुलाई विभाजन गरेर कार्यायोजना बनाइएको गृह मन्त्रालयले जनाएको छ । सो सुरक्षा योजनाबारे आज गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा छलफल भएको थियो । बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतीकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरव तण्डुललगायत सहभागी थियो । बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतको निर्वाचनका अनुभव आधारमा आवश्यकताअनुसार कार्ययोजनालाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video