युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा
धर्म/संस्कृति
Nov 02, 2019
आज मिति २०७६ कार्तिक १६ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक १६ ।विक्रम संवत २०७६ साल कार्तिक १६ गते शनिवार तदनुसार २०१९ नोवेम्वर २ तारिख कार्तिक शुक्ल पक्ष षष्ठी तिथि भोलिविहान ४ । १७ उप्रान्त सप्तमी तिथि पूर्वषाढा नक्षत्र राति २ । ४६ उप्रान्त उत्तरषाढा नक्षत्र सुकर्म योग विहान ११ । २९ उप्रान्त धृति योग कौलव करण आनन्दादि योगमा मातंग योग चन्द्रमा धनु रासिमा काल बेला विहान ७ । ४६ सम्म आज चन्द्रमा पूर्व दिशामा रहेकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्या भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमऽस्तुते केहि सयम अगाढि देखिनै खराव भैरहेको छ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesभाग्य राम्रो भएकोले मनोवल वढ्नुको साथै गरेका काममा सफल हुदा मन प्रसन्न हुनेछ । आफ्ना निकट देखिएका हरुवाट र अरुबाट साथमिल्ने सम्भावना भएकोले सकृय भएर काम गर्नुहोला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusएक पछि अर्को समस्याले मन कम्जोर हुनेछ साथै काममा वाधा आर्थिक कार्यमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले फसाउन अनेक वितंडा सिर्जाना गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiवैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिश्रम गरेर पनि शत्रुले आफुलाई परास्थ गरि आफ्नो गन्तव्य पुग्न वाधा पुर्याउने योग । नयाँकामको अवसर संकट परि फाइदा नहुने योग काम गर्दा अरुको विस्वामा भन्दा आफ्नु प्रयासमा राम्रो
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसोचने शक्तिमा तिव्रता आउनाले निर्णयको वलले काम सफल हुनुको साथै बौद्धिक कार्यमा अग्रभै आफुले अरुमाथि गरेको विस्वास सार्थकहुने योग पढाइमा राम्रै सफलता मिल्ने
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिवार हरुले आफुलाइ साथ दिएर सफल वनाउने योग शत्रुलाई परास्त गरि आफ्नो कामलाइ सजिलै सफलतामा पुर्याउने योग घरेलुकाममा रुचि विस्वासले सफल हुने भएकोले भित्री काममा जोढ दिनु उचित हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraजोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioबोलिको प्रभाब राम्रो भएकोले सोचेर वोल्नु राम्रो अरुलाइ आफ्नो विस्वासमा लिन सफलभै धेरै अप्ठ्यारा हरुलाइ पार लगाउन सक्ने योग भेटघाटमा खुसी बढ्ने छ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornझुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमहत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमै रहने छ अरुले धेरै प्रसम्सा गर्ने भुलेका मित्र हरुले याद गर्दै बोलाउने आर्थिक श्रोत दरिलो हात पर्ने भएकोले कारोवारमा अघि बढन बेश


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video