प्रमुख समाचार
Nov 04, 2019
तीन किलोग्राम चरेससहित पक्राउ
काठमाडौँ, कात्तिक १८ नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको खड्काले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video