प्रदेश नं ५ः संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी  |  क्वारेन्टिन भरिभराउ, संक्रमीत राख्ने ठाँउको अभाब  |  कोरोना संक्रमीत राख्न बनाइएका क्वारेन्टिन झारा टार्ने खालका, विद्यार्थी बस्ने बेञ्च जोडेरै सुत्ने बेड  |  टोखा नगरपालीकामा कोरोना संक्रमीत बस्ने क्षेत्रमा सिल  |  रुकुम घटना, निष्पक्ष छानबिन होस्  |  राष्ट्रिय युवा परिषद्मा पुन : ढुङ्गेल  |  हात्तीको आक्रमणबाट युवकको मृत्यु  |  गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए  |  मिति २०७७ साल जेष्ठ १३ गते मंगलबार, मे २६ तारीख हेरौं राशिफल  |  वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
राजनीति
Nov 04, 2019
इन्द्रावती–८ मा नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो
मेलम्ची, कात्तिक १८ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मङ्सिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उम्मेदवार टुङ्गो लगाएका छन् । यसअघि निर्वाचित अध्यक्ष धनबहादुर श्रेष्ठको मृत्युपछि उक्त वडामा उपनिर्वाचन हुँदैछ । नेकपाले केदारनाथ आचार्य र काङ्ग्रेसले अशोक तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । गाउँपालिकास्तरीय निर्णय सर्वसम्मतिले जिल्ला कार्यसमितिलाई बुझाइएको छ । उक्त वडामा नेकपा र काङ्ग्रेसबीच नै प्रतिस्पर्धा हुने आँकलन छ । उपनिर्वाचनमा एक हजार ४०४ मतदाता सहभागी हुँदैछन् । यसअघि सो वडामा काङ्ग्रेस विजयी भएको थियो । निर्वाचनमा काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष श्रेष्ठले तीन ३६४ मत ल्याएका थिए । निकटत्म प्रतिद्वन्द्वी तत्कालीन एमाओवादीका केदारनाथ आचार्यले ३५५ मत ल्याएका थिए भने एमालेका सम्पूर्ण तामाङले २२१ र राप्रपाका पूर्णबहादुर तामाङले चार मत मात्रै ल्याएका थिए । श्रेष्ठसँग माओवादीका आचार्य ७ मतले मात्रै पराजित भएका थिए । उनै आचार्यलाई अहिले पनि उम्मेदवारमा अघि सारिएको हो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video