समाज
Nov 08, 2019
नमस्ते पासाङ ल्हामु यातायातले सामाखुसी देखि शिवपुरीको सिक्रे सम्म बस सञ्चालन गर्ने, कहाँ कहाँबाट चल्छ बस ?
रबिन थपलिया । काठमाण्डौं । कार्तिक २२। नमस्ते पासाङ ल्हामु यातायातद्धारा काठमाण्डौंको सामाखुसी देखि नुवाकोटको शिवपुरी गाँउपालीका ४ सिक्रे मैदान सम्म बस सेवा सञ्चालन हुने भएको छ । 
समितिद्धारा भोली कार्तिक २३ गते शनिबारबाट बस सञ्चालन हुने शिवपुरी गाँउपालीका वडा नं ४ सिक्रेका वडा अध्यक्ष झमकराज गुरुङले जानकारी दिए । 
बिहान ८ः४५ बजे सामाखुशी चोक बाट छुटने बस गुर्जे रामकुमार पसल, अर्खौले, आइतराम पाटी, महादेव डाडा बास्कोटे तिनघरे, पुडिभन्ज्याङ, साबिक सिक्रे १ पिपलबोट, मैदान सम्म बस सेवा सन्चालन हुने छ ।
 
Image may contain: sky, outdoor and nature
सामाखुशीबाट आइतराम महादेव डाडा सम्म भाडादर रू १२५, बास्कोटे तिनघरे सम्म रू १५०, पुडिभन्ज्याङ सम्म रू १७५, साबिक सिक्रे पिपलबोट सम्म रू १९० र मैदान सम्म रू २१० भाडादर तोकिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video