विचार/अन्तरवार्ता
Nov 09, 2019
राजा महेन्द्रले आफ्नो सत्ता जोगाउनकै निम्ति कालापानीमा भारतीय सेना राख्न दिएका हुन्
केशब पुडाशैनी(बिमल)
काठमाडौँ, कात्तिक २३
राजा महेन्द्रले आफ्नो सत्ता जोगाउनकै निम्ति कालापानीमा भारतीय सेना राख्न दिएका हुन् भनी केही मानिसहरु राजा महेन्द्रलाई गाली गरेर कालापानीमाथि भारतको सार्वभौमिक अधिकारलाई स्वीकार गरिरहेका छन् । कालापानीमा भारतीय सेना सन् १९६२ मा भएको भारत र चीनबीचको युद्धको क्रममा चीनमाथि आक्रमण गर्नको निम्ति भारतीय सेना नेपालको कालापानी हुँदै चीनको ताक्लाकोटतिर अघि बढेका हुन् । भारत र चीनबीचको उक्त युद्ध समाप्त भएपछि भारतले बलजप्mती कालापानीमा आप्mनो सेनाको निम्ति स्थायी पोष्ट तयार गरेर बसेको हो । सत्तामा पुग्न र सत्ता टिाउनको निम्ति कोशी, गण्डकी लगायतका नदीहरु जसरी भारतलाई सुम्पने कार्य देशका प्रजातान्त्रिक सरकारहरुले गरे, त्यसरी नै लिखित रुपमा राजा महेन्द्रले सुम्पिएका होइनन् । राजा महेन्द्रको मृत्यु त २०२८ सालमै भएको हो । त्यसपछि राजा बनेका वीरेन्द्रले पनि २०४६ सालमा देशको शासन सत्ता देशका राजनीतिक पार्टीहरुकै हातमा सुम्पिएका हुन् । राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको करिब दुई वर्षको अवधि बाहेक २०४६ सालदेखि हालसम्म नेपालको शासन सत्ता राजनीतिक पार्टीहरुले नै सञ्चालन गर्दै आइरहेका छन् । राजा महेन्द्रलाई अपराधी करार गर्दै गाली गरेर कहिल्यै नथाक्नेहरुको हातमा यति लामो समयसम्म शासन व्यवस्था रहाँदा पनि देशको सिमानाको रक्षा गर्दै भारतले बलजप्mती हडपेको नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन र सुगौली सन्धिले किटान गरेको लिम्पयाधुरासम्मको भूमिमाथि आप्mनो सार्वभौमिक अधिकार स्थापित गर्न नसक्नु आश्चर्यपूर्ण कुरा हो । प्रजातान्त्रिक र गणतान्त्रिक सरकारले कुटनीतिक विधिबाट भारतसँगको सिमाना विवाद समाधान गर्ने भन्दै आएको करिब ३० वर्ष भयो । ३० वर्षसम्म कुटनीतिक विधिबाट समाधान नभएको सिमाना विवादलाई पुनः कुटनीतिक विधिबाट समाधान गर्नुपर्छ भन्नुको तात्पर्य भारतले हाल सार्वजनिक गरेको भारतको राजनीतिक नक्सालाई कुटनीतिक भाषामा समर्थन प्रदान गर्नु हो । यसो गर्नुभनेको कम्तिमा पनि कलापानी–लिम्पियाधुरासम्मको नेपाली भूभाग भारतकै हो भन्नु हो । तसर्थ कालनपानी–लिम्पियाधुरासम्मको भूभागलाई फिर्ता लिनको निम्ति राजनीतिक कदम चाल्नु जरुरी छ । यस विषयमा सकेसम्म राष्ट्रिय सहमति कायम गरेर भारतको बलमिच्याइको विरुद्धमा अन्तर्राष्ट्रिय न्यायालयमा मुद्धा दर्ता गर्दै संयुक्त राष्ट्र सङ्घमा भारतको बलमिच्याइको विरुद्धमा आवाज उठाउन नेपालको वर्तमान सरकार तयार हुनै पर्छ ।
केशब पुडाशैनी


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video