युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा
प्रमुख समाचार
Nov 09, 2019
इन्सेकको अध्यक्षमा श्रेष्ठ
काठमाडौँ, कात्तिक २३ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २३औँ साधारणसभाले डा इन्दिरा श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमितिको चयन गरेको छ । कार्यसमितिको सदस्यमा दीपकराज काप्mले, नजिर मियाँ, गीता बराल, रुद्रबहादुर चर्मकार, रघुनाथ अधिकारी र शोभाकर बुढाथोकी चयन हुनुभएको छ । अध्यक्ष श्रेष्ठले मानवअधिकार र सामाजिक न्यायका विषयमा इन्सेक अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताउनुभयो । शुक्रबार भएको सभाले नौ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेपालको संविधान लागूभएसँगै मुलुकमा स्थापित सङ्घीय शासन प्रणाली र जनअधिकारको रक्षा, विकास र सचेतनाका लागि इन्सेकद्वारा राष्ट्रव्यापी अभियान सञ्चालन गर्ने नागरिक तथा राजनीतिक अधिकारका सन्दर्भमा विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न तीनै तहका सरकारसँगको सहकार्य मजबुत बनाइने घोषणापत्रमा उल्लेख गरिएको छ । विधिको शासन र मानवअधिकार रक्षा तथा विकासका लागि राजनीतिक दलका साथै राज्यका विभिन्न निकायसँग सहकार्य गर्ने, सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई यथाशक्य छिटो र पीडितको न्यायको सुनिश्चिततासहित निष्कर्षमा पु¥याउन जोडदार माग गर्ने इन्सेकले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video