मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
प्रमुख समाचार
Nov 10, 2019
शाकाहारी सम्मेलन कात्तिक २९ देखि
काठमाडौँ, कात्तिक २४ बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । शनिबार यहाँ आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूको उपस्थितिका लागि उहाँले आग्रह गर्नुभयो । चौधरीले विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने बताउनुभयो । उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ । कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढी भक्तजनहरुको सहभागिता रहनेछ । सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष कन्हैयालाल गुप्ता, नेपालका प्रचारक राजेश सोनी, सल्लाहकार श्यामसुन्दर पन्तले सम्मेलनबारेमा प्रकाश पार्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video