मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
प्रमुख समाचार
Nov 10, 2019
जिल्ला सुरक्षा समिति चितवनद्वारा सीमास्तम्भको अवलोकन
रत्ननगर, कात्तिक २४   जिल्ला सुरक्षा समिति चितवनले आइतबार माडी नगरपालिकामा पर्ने नेपाल–भारत ४५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लसहितको टोली स्तम्भको वर्तमान अवस्था बुझन त्यहाँ पुगेको हो । चितवनको तीनवटा स्थानमा नेपाल–भारत स्तम्भहरु क्रमश ः ४४, ४५ र ४६ नम्बर पर्छ । माडीको दक्षिणी क्षेत्रमा पर्ने चुरे पर्वतमा ४५ नम्बरको स्तम्भ रहेको दशगजा क्षेत्रमा ऐतिहासिक पर्यटकीय क्षेत्र सोमेश्वरगढी रहेको छ । यस क्षेत्रमा नेपाली भूमि भारतले अतिक्रमण गर्न थालेपछि पानी ढलको सिद्धान्तअनुसार सीमा निर्धारण गरिएको स्थानीय हरि भुसालले बताउनुभयो । भारतले यहाँ रहेको सोमेश्वर मन्दिरमा पूजा गर्न आउने निहुँमा पटक–पटक सीमा स्तम्भ सार्ने प्रयास गर्ने गरेको स्थानीयहरु बताउँछन् । नेपाली भूमि अतिक्रमणको आशङ्का गर्दै माडीका स्थानीयवासीहरुले अहिले यस क्षेत्रमा चहलपहल बढाएका छन् । राष्ट्रियता र धार्मिक पर्यटनको महत्व बोकेको यस ठाउँ नेपालको १०० पर्यटकीय गन्तव्य मध्येको एक हो । बडा दशैँ र चैते दशैँको समयमा विशेष धार्मिक महत्व रहेको सोमेश्वर कालिकामा नेपाल र भारतका लाखौँ भक्तजनहरु जाने गर्दछन् । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार सुरक्षा समितिले सीमा निरीक्षणको काम निरन्तर गरिरहेको जानकारी दिनुभयो । आइतबार अवलोकन पश्चात बस्नेतले स्तम्भ क्षेत्र वरपर दुवै देशबीच कुनै पनि विवाद नभएको प्रतिक्रिया दिनुयभो । उहाँले सीमा क्षेत्रमा कुनै पनि विवाद उत्पन्न हुन नदिन दुवै देशका प्रतिनिधिले पटकपटक बैठक बस्ने गरेको र एकै साथ सीमा क्षेत्रमा अनुगमन एवं निरीक्षण गर्ने गरेको उहाँको भनाइ छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video