मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
समाज
Nov 12, 2019
दक्षिण एशियामैत्री सङ्गठन मञ्चको छैठौँ सम्मेलन
काठमाडौँ, कात्तिक २६ ।  चीन–दक्षिण एशिया मैत्री सङ्गठन मञ्चको छैटौँ सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ । दक्षिण एशिया र चीनबीचको सम्बन्ध मजबुत बनाउने उद्देश्यले प्रत्येक दुई÷दुई वर्षमा आयोजना गरिने सो सम्मेलन दोस्रो पटक नेपालमा आयोजना भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त सम्मेलन शुभारम्भ गर्नुभयो । परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेलले दक्षिण एशिया र चीनबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको र यस्ता कार्यक्रमले सम्बन्धलाई थप मजबुत बनाउन सहयोग मिल्ने बताउनुभयो । अन्य देशसँगको मैत्री सम्बन्धका लागि चोककिङ जनसङ्घ, चीन९सिपिएएफएफसी० का उपाध्यक्ष लिन यीले चीन विगतदेखि नै दक्षिण एशियाका देशसँगको हार्दिकपूर्ण सम्बन्धको पक्षमा रहेको बताउनुभयो ।यस्ता मञ्चहरुले जनतादेखि जनतासम्म पुग्न थप बढावा मिल्ने उहाँको भनाइ थियो । श्रीलङ्का–चीन सामाजिक तथा सांस्कृतिक सहकार्य सङ्घका अध्यक्ष इन्द्रानन्दा अबिसेकरले यस सम्मेलनले चीन र दक्षिण एशियाका नागरिक एक अर्कासँग घुलमिलको वातावरण बनेको बताउनुभयो । सोमबार चीन र दक्षिण एशियाली देशका प्रतिनिधि काठमाडौँ आएका थिए । उक्त सम्मेलनमा आज कार्यपत्र प्रस्तुत तथा समूहगत छलफल गरिने र मङ्गलबार बिहान चन्द्रागिरि भ्रमण र दिउँसो पोखरामा सम्मेलन का बाँकी काम गरिने भएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video