मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
शिक्षा /स्वास्थ्य
Nov 12, 2019
मधुमेह रोगसम्बन्धी बृहत् सम्मेलन बिहीबार
काठमाडौँ,  कात्तिक २६ नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, नियन्त्रण तथा यससम्बन्धी जनचेतना जगाउने कार्यमा लामो समयदेखि सेवा गर्दै आउनुभएका वरिष्ठ विशेषज्ञ, चिकित्सक तथा सम्बन्धित विज्ञका साथै समाजसेवीको सहभागिता रहने समाजका अध्यक्ष शिव श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले नेपालमा विभिन्न खानपानको ज्ञान नहुनाले दिनानुदिन शहरी क्षेत्रमा मधुमेहका रोगी बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न सबैको पहल हुनुपर्नेमा जोड दिनुभयो । समाजका वरिष्ठ सदस्य एवं आयोजनाका संयोजक डा चुन्दा बज्राचार्यले कामपाका प्रअहरुको सहभागितामा हुने बहस कार्यक्रमबाट रोग न्यूनीकरणमा सहयोग मिल्ने बताउनुभयो । उहाँले मधुमेहको रोगको उपचारमा लाग्नुभन्दा रोग लाग्न नै नदिनुतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठले मधुमेह रोकथामका उपाय तथा खानपानमा सुधारका विषयमा विस्तृत जानकारी दिने समाजले जनाएको छ । कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक तथा खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठले खाद्य तथा पोषणसम्बन्धी, तिलगङ्गा अफ्थाल्मोलोजी इन्ष्टिच्यूटका नेत्ररोग विशेषज्ञ डा इली प्रधानले मधुमेहबाट आँखामा हुने प्रभाव विषय तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुरोग सम्बन्धमा मन्तव्य दिने संयोजक डा बज्राचार्यले जानकारी दिनुभयो । समाजका संस्थापक संरक्षक डा मृगेन्द्रराज पाण्डेले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video