विचार/अन्तरवार्ता
Oct 05, 2015
मोदी महोदय भाले नवासे पनि उज्यालो त हुन्थ्यो तर.......
 
प्रविण थपलिया - १८,आश्विन भालेलाइ मान्छेको मुटु खान मन लागेछ । सर्वै मान्छे भेला गरेर आफ्नो प्रस्ताव राखेछ । मुटु विना जीवन संभव छैन कोही मन्जुर भएनछन् । भाले मान्छेसँग रीसाएछ र भनेछ हे मान्छे हो आज देखि म बास्दिन म नवासे पछि उज्यालो नै हुँदैन । उज्यालो नभएपछि तिमीहरु सुतेको सुतै हुने छौ 
भालेको कुराले चारैतिर सन्सनी मचियो । मान्छेहरुले हो क्यारे अव अनर्थ हुने भो भन्न थाले अनि भालेलाइ लाख विन्ती चढाए तर भालेमा घमण्ड यति बढिसकेको थियो की म नवास्दा उज्यालो हुनै सक्दैन भन्ने मान्छेहरु डराइ डराइ ओच्यानमा पल्टे तर रातभर निदाउन सकेनन । उता भाले मन मनै हजारौं कल्पनामा डुब्न थाल्यो अव मान्छेहरु सुत्दा सुत्दै मर्ने छन् तिनीहरुको चौटा चौटा निकालेर खानेछु भुटुन बनाएर सेकुवा बनाएर सुप बनाएर आदि ।समयको गति कहाँ रोकीन्थ्योर भाले बासे पनि नवासे पनि उज्यालो त भइ छाडयो । मै वासे मात्र उज्यालो हुन्छ भन्ने  घमण्ड गर्न भालेको घमण्ड तोडीयो भाले खिस्स भयो आखिर उज्यालो त भइ छाडयो ।



अहिले भारत तथा भारत निकट मदेशी मोर्चाले गरेको अघोषित नाकावन्दी पनि त्यस्तै हो । भारतमा एउटा भ्रम छ हामी ले अत्यावस्यक सामग्री नदिए नेपालीहरु मर्नेछन् भन्ने त्यसैले उ भाले बन्न खोज्यो उस्ले कुटनैनिक मयार्दा विसिएर घमण्ड गरिरहयो वेला बखत नेपालीहरुमा अफ्ठयारो पार्ने कोसीज चाहे त्यो ४५ सालमा नै किन नहोस् चाहे अहिलेको नाकावन्दीनै किन नहोस । हामी सधै भारतीय निर्देशनमा चल्नु पर्ने अनि भाले नवासी उज्यालो नै हुदैन भनेर भालेको चाकरी गरीरहनु पर्ने ।  हाम्रो नेतृत्व सधै भाले वासेपछि मात्र उज्यालो हुन्छ भन्ने सिधान्तमा लागि रहयो त्यहि कारण आज नेपाली जन्ताहरुले यो अवस्थाको सामना गर्नु प्र¥यो । भाले नवासे पनि भालेको विकल्पमा बेला बखद घडी हेर्ने बानि वसेको भए समयमा उठिन्थ्यो होला सायद आज भालेको घमण्ड तोडीने थियो होला ।
जन्ताहरु भाले नवासेपछि भालेको विकल्प खोजीरहँदा नेतृत्व वर्गमा भाले नवासि उज्यालो हुँदैन भन्ने मानसिक्ता परिर्वतन हुन नसकेको स्पष्ट बुझिन्छ । जनताको जन्मजात अधिकार खाना नाना र छाना तेही विरुद यतिका दिन नाकावन्दी गरिदा पनि उचित विकल्प नखोजीनुले के संकेत गर्छ त्यो स्पष्ट छ भाले ले फुल पार्ला र अम्लेट बनाएर खाउँला भनेर कुरेर वस्दा बस्दा एकदिन भालेको विष्टा भागमा आउला । 
विधिको विडम्वना भनु या परिस्थीतिको खेल आज कसैको माग पूरा गराउन कोही भोकै बस्नु पर्ने अनि अरुको चाँही बाँच्न पाउने कुनै अधिकार छैन् यतिका दिन भोकै । सवै भन्छन जनताकै लागि के अरु जन्ता होइन अरुको बाँच्न पाउने अधिकार हुदैन। भाले बासेपछि मात्र उज्यालो हुन्छ भन्ने आफ्नो दर्शन नसच्याउने हो भने उज्यालोको प्रतिक्षामा बस्दा बस्दै हामी एकदिन भर्ने छौं सरकार । हाम्रो देशमा सामाजिक न्याय का कुरा सिकाउने अन्तराष्ट्रिय समुदायहरुले यो मानव ता विरोधी गतिविधि सुनेन की नसुनेजस्तो गरे आधारभुत आवश्यक्ताका वस्तुहरु प्राप्त गर्नु त मानवका लागि जन्मसिध अधिकार होला नि ?मोदी महोदय भाले नवासे पनि उज्यालो त हुन्थ्यो  तर.......नेतृत्व वर्गले पत्याउदै पत्याउदैनन ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video