शिक्षा /स्वास्थ्य
Nov 13, 2019
रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत
प्रविण थपलिया । नुवाकोट । कात्तिक २७ ।  प्रारम्भिक कक्षाका बालवालिकामा पढने सीप तथा पढने बानीका लागि उत्प्रेरित गर्दै जीवन पर्यन्त पढने सीपको विकास गर्न उद्देश्यका साथ नुवाकोटका विभिन्न विद्यालयमा आफ्नो कार्यक्रम संचालन गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था रुम टु रिड तथा साझेदार संस्था रुडेकले शिक्षिकालाई सम्मान गरेको छ । 
नुवाकोट शिवपुरी सातको श्री कुम्भेश्वर मा वि मा भाषा शिक्षिकाको रुपमा अध्यापन गर्दै आउनु भएका अनिषा लामालाई उत्कृष्ट भाषा शिक्षण गरेकाले सम्मान गरिएको उक्त कार्यक्रमका साक्षरता  सहजकर्ता  दुर्गा भेटुवाल सिलुवाल वताउनु भयो । आफूले सुपरिवेक्षण गर्दा उहाँमा कुनै कमि कमजोरी नदेखिएको र कार्यक्रम उद्देश्य अनुरुप शिक्षण गरि सिकाइ उपलब्धी हाॅसिल भएकोले आफूलाई  खुशी लागेको वताउनु भयो ।
उक्त कार्यक्रममा वोल्नु हुदै शिवपुरी सातका वडा अध्यक्ष माधव भेटुवालले भन्नुभयो विद्यार्थीलाइ विद्यालय पठाएर मात्र नहुने वेला वेलामा विद्यालयमा आएर अभिभावकले विद्यार्थीवारे सोधवुझ गर्नुपर्ने, विद्यालयको शैक्षिक गुणस्तर वढाउन विद्यालय विद्यार्थीहरु भन्दा  अभिभावक वढि भुमिका रहेको वताउनुभयो । आफ्नो वडामा रहेको दुई मा वि मध्य एस इ इ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान स्वरुप  पचास हजार  उपलब्ध गराउने घोषणा गर्नु भयो ।

उक्त विद्यालयका प्र. अ. राजन प्रसाद थपलियाले  उक्त संस्थाले  साक्षरता कार्यक्रम पुस्तकालय कार्यक्रम तथा शिक्षकको पेशा गत विकास लगायतका कार्यक्रम संचालन गरेर विद्यालयलाई सहयोग गरेकाले दुवै संस्था प्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।  आफ्नो वालवालिकाहरुमा पढने बानी र सीप को विकास भएको भन्दै अभिभावकले खुसी व्यक्त गर्नु भयो। शिक्षित बालवालिकाहरुवाट नै विश्वमा  परिवर्तनको थालनी  हुन्छ भने मुल नाराका सहित सन  2000 मा स्थापना भएको रुम टु रिड ले 2072 सालको भुकम्प पछि नुवाकोट  धादिङ लगायतका जिल्लामा आफ्नो कार्यक्रम संचालन गर्दै आएको छ । सन 2017 देखि 2019 सम्म नुवाकोटका 78 सामुदायिक विद्यालयमा कार्यक्रम संचालन भइरहेको रुडेक अध्यक्ष मिन कुमार केसीले वताउनु भयो ।




g


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video