अर्थतन्त्र/सेयरबजार
Nov 14, 2019
हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने
काठमाडौँ, कात्तिक २८ हिमालयन बैंकले आफ्ना शेयरधनीलाई कूल २२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत शेयर लाभांश र १२ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video