मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
सेना/ प्रहरी/ शशस्त्र समाचार
Nov 21, 2019
उपनिर्वाचन २०७६ः भोजभतेरलाई प्रहरीले रोक्यो
वीरगञ्ज, मङ्सिर ५  मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक राजकुमार महतको कमाण्डमा गएको प्रहरी टोलीले सो भोजभतेर रोकेको हो । सो वडामा समाजवादी पार्टीका समर्थक असेश्वर साह कानुको घर अगाडि टेण्ट गाडेर भोजभतेरको आयोजना गर्न लागेको समयमा रोकिएको जानकारी दिँदै सशस्त्र प्रहरी निरीक्षक महतले भन्नुभयो, “आचारसंहिताविपरीत गर्न लागिएको सो भोजभतेर रोकिएको हो ।” उम्मेदवार तथा दलहरुलाई आचारसंहिताको पूर्णपालना गर्न आफैँ टोलीसँग अनुगमन गर्नेे गरेको अनुगमनकर्ता तथा जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख रञ्जिता झाले बताउनुभयो । निर्वाचन कार्यालयले यसअघि आचारसंहिताविपरीत सो वडामा लगाइएको झण्डा तथा तुलहरु हटाइएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडाध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात सखुवाप्रसौनी गाउँपालिका–५ मा वडाअध्यक्षको उपनिर्वाचन हुन लागेको छ । महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँ सखुवाप्रसौनी वडा नं ५ मा पर्ने र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मङ्सिर १४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनको लागि मतदान केन्द्र एक र मतदानस्थल तीन रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाताले वडामा सडक सञ्जालको विस्तारलाई प्रमुख समस्याको रुपमा लिएका छन् भने उम्मेदवारहरुले भने आफूले जितेमा वडाको मुहार फेर्ने सपना बाँड्दै मत मागिरहेका छन । मतदाता भन्छन्, “वडाको विकास गर्ने, बाटोघाटो, स्वास्थ्य सेवा र गरीबी प्रमुख समस्या रहेकाले उक्त समस्या समाधान गर्ने उम्मेदवार नै हाम्रो प्राथमिकतामा रहनेछन् । सबै उम्मेदवारले आफू जित्ने दाबी गरिरहे पनि नतिजा थाहा पाउन मङ्सिर १४ गतेको उपनिर्वाचनलाई कुरिरहेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video