अपांगता/अल्पसंख्यक
Oct 13, 2015
दृष्टिविहीनलाई अभिनेता कृष्ण मल्‍लको सहयोग
काठमाडौं भूकम्पपीडित तथा दृष्टिविहीन परिवारलाई अभिनेता कृष्ण मल्लको सक्रियतामा आइतबार आर्थिक सहयोग प्रदान गरिएको छ।
 
मल्लका मित्र बेलायतनिवासी समाजसेवी ईशा गुरुङले त्यहाँ रहेका नेपालीबाट संकलित एक लाख एघार हजार रुपैयाँ दृष्टिविहीन सुशील थापा र श्रीमती सुनिता थापालाई कृष्ण मल्ल र बेलायतनिवासी रामशरण सिम्खडाले संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
 
मैनबत्ती उत्पादन तथा बिक्री गर्दै आएका थापाको मेसिन र सामान भूकम्पमा परी नष्ट भएपछि उनी गाउँ फर्कने सुरमा थिए।
 
यो कुरा थाहा पाएपछि मल्ल परिवारले अभिनेत्री शर्मिला मल्लको जन्मदिनका अवसरमा गत साउन २६ गते थापा परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेको थियो।
 
सो समाचारबाट प्रभावित भई ईशा गुरुङले रकम संकलन गरी थापा परिवारको सहयोगका लागि पठाएकी हुन्। प्राप्त सहयोग रकमबाट मैनबत्ती तथा झोल साबुन उत्पादन तथा बिक्री गरी जीविका गर्ने सुशील थापाले बताइन्।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video