शिक्षा /स्वास्थ्य
Nov 23, 2019
बिपी स्मृति अस्पतालको अध्यक्षमा डा केसी
काठमाडौँ,  मङ्सिर ७ बिपी स्मृति सहकारी अस्पताल लिमिटेड वसुन्धराको अध्यक्षमा पुनः डा केदारनरसिंह केसी चयन हुनुभएको छ । अस्पतालको आज सम्पन्न १२औँ वार्षिक साधारणसभाले डा केसीलाई आगामी चार वर्षका लागि पुनः अध्यक्षमा चयन गरेको हो । कार्यक्रममा अध्यक्ष केसीले अस्पतालले आगामी दिनमा न्यूरो, कार्डियो सर्जरी र क्यान्सरको उपचार थाल्ने योजना रहेको बताउनुभयो । उहाँले स्थापनाको १२ वर्षमा अस्पतालले आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्नेदेखि रु २५ करोड बराबरको चल÷अचल सम्पत्ति जम्मा गरेको बताउनुभयो । अस्पतालमा करीब ६०० शेयर धनी रहेका छन् । महेन्द्रनारायण निधि अस्पतालमा रक्तदान यसैबीच नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा महेन्द्रनारायण निधि मेमोरियल अस्पताल वसुन्धरामा रक्तदान गरिएको छ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्थाका रुपमा रहेको सङ्घले आज सामाजिक कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सङ्घका अध्यक्ष ओम थापामगरले सङ्गठन विस्तारसँगै सामाजिक कार्यमा पनि मगर सङ्घलाई सक्रिय बनाउनका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सो अवसरमा १०० भन्दाबढी व्यक्तिले रक्तदान गरेका थिए । बिरामीलाई रगत अभाव हुन नदिने उद्देश्यले अस्पतालको संयोजनमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video