विचार/अन्तरवार्ता
Oct 14, 2015
अाेली प्रधानमन्त्री भएकै दिन देखि भारतीय अघाेषित नाकवन्दि खुकुलाे अाेलीलाइ किन खुसी बनाउदै छ भारत
 प्रविण थपलिया – नेपाललाइ अफठेरोमा पारेर आफनु स्वार्थ पूरा गर्न भारतीय रणनिति कम्जाेर भएको छ । भारतले तेल नदिए अन्य मुलुकवाट तेल आपूर्ती गर्न नेपाल सरकार लागिपरेपछि भारतमा खैलाबैला मचियो । भारत नेपालमा आफनो राज चलाउन चाहन्थ्यो याहाँका राजनैतिक दललाई फकाएर धम्कयाएर या आर्थीक प्रलोभनमा पारेर जसरी पनि तर पछिल्लो राज्नैनिक अवस्था त्यस्तो भएन ।


  
           


भारतको सोचाइ थियो हामीले भनेपछि नेपालका राजनैतिक दलहरुले संविधान जारि गर्ने दिन केहिदिनका लागि पछि सार्छन भन्ने तर त्यस्तो हुन नसकेपछि तराइमा भएको आन्दोलन का कारण देखाएर  इन्धन आपुुर्तीमा कमी गरि नेपाललाइ जसरी पनि घुडा टेकाउने रणनितीमा लागे भारतीहरु । तीन दलिय गठवन्धन वलियो थियो काङगेस आफू ठुलो पार्टी भएको र आफनै सरकारवाट संविधान जारि गरेर जस लिन चाहन्थ्यो भने एमाले संविधान जारि भएपछि आफनो नेतृत्वमा सरकार बनाउने आकंक्षा तथा एमाओवादी अध्यक्ष प्रचण्डलाई  भारतले आफू प्रधान्मत्री हँदा गरेको असयोग तथा कटुवाल काण्डको   वदला लिने सोचाइ का कारण भारतीयहरुले नेपालमा संविधान जारि गर्न दिन पछाडि सार्न सकेनन । भारतीयले प्रचण्डलाई चोट दिन चाहन्थ्यो किनभने भारतीयको नजरमा एमाओवादी अध्यक्ष प्रचण्ड भारत विरोधी तथा चिन प्रेमी हुन उनी शक्तिसाली भए नेपाल चिन सम्वन्ध राम्रो हुनेछ भन्ने भारतीय सोचाइ छ । सर्वप्रथम एमाओवालीलाई टुक्रा टुक्रा पार्ने रणनिती अनुरुप कोहीवेला आफूलाई निकै  राष्ट्रवादी ठान्ने बाबुराम भटराई जो हिन्दी चलचित्र हेर्न पनि चाहदैनथे उनीनै भारती बफादार विश्वासपात्र बने र भारतीय डिजाइन अनुसार पार्टी परित्याग गरे। यति हुँदा पनि प्रचण्डले घुडा टेकेनन नाकावन्दीका विरुद आन्दोलन विरोधका कार्यक्रम भए देश विदेशवाट नेपालमा भएको भारत विरोधी आन्दोलन एमाओवादीले नै चर्काएको भन्ने भारतीयहरुको नजरमा छ । भारतीयको नजरमा एमाओवादी भारत विरोधी नारा चर्काएर चिनसँग संवन्ध बढाउन चाहन्छन भन्ने छ । नेपाल चिन संवन्ध राम्रो भएमा भारतीय सुरक्षामा खतरा हुने भारतीय विश्लेषण छ ।केही समय अघि भारतीस सेनाको गोप्य सुचना अनुसार २०२० सम्ममा चिन पाकिस्तान सँग मिलेर भारतीलाइ आक्रमण गदै छ भन्ने छ । अघोषित नाकावन्दीको फाइदा उठाएर चिनले नेपाल सँग संवन्ध वढाए भारत विरोधी भावना झन बढने भारतीयहरुको चिन्ता छ । बाबुराम प्रचण्डको सम्वन्ध विछेद गरेसँगै तीन दल टुक्रयाउने रणनितिमा लागे भारतीयहरु त्यसको उदाहरण हो ओलीलाइ प्रधान्मन्त्री बनाउने भद्र सहमती कांग्रेसले तोदनु यो पनि भारतको तीनदल फुटाउने रणनिति नै थियो । त्यो कुरा बृद्ध प्रधान्मन्त्री शुसिल कोइरालाले बुझेनन या फेरी शक्ति आफुसँग राख्ने महत्वकांक्षा भयो उनलाइ भारतीय जालमा फसी हाले अनि बषौं लगाएर राम्रो छवि बनाएका कोइरालाको चरित्र धमिलियो । आफनो रणनिति फेल भएपछि भारतीयहरु ओलीलाइ खुसी बनाउने खेलमा लागे नेपालमा जारि भएको नयाँ संविधान स्वागत नगरेको तथा दुइहप्ता भन्दा बढि नाकावन्दी लागेको थाहा नपाएका मोदीले ओली प्रधान्मन्त्रीमा निर्वाचित भएको केहि घन्टामानै बधाई दिइ हाले भारतीय राजदूतले ओलीलाइ उनकै निवासमा पुगेर शुभकामनाकोसेली दिइ हाले । ओली सरकारलाई खुसी पार्ने ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिनदेखी अघोषित नाकावन्दी केहि खुकुलो पारियो ताकी ओली सरकारले तेल अन्य मुलुकवाट नकिनुन भनेर । नेपाल भारत तेल सम्बन्ध विगिएमा नेपाल सँगको मैत्रीपूर्ण सम्वन्ध विगर्नेमा भारतीयहरुलाइ चिन्ता छ किनभने नेपाल त्यहि तेलका कारण भारतीय सँग भुक्ने गरेको बुझाइ छ । अहिलेको ओली सरकारलाइ कसरी भारत प्रति बफादार बनाउन सकिन्छ भन्नेमा भारत लागि परेको छ । नेपालकाे राजनितिमा प्रचण्ड अभागि पात्र हुन उनले जति विस्वास दिलाउन चाहे पनि अहिलेसम्म भारतीय विश्वास पात्र वन्न सकेका छैनन् । ओलीलाइ भारतले आफनो विश्वास पात्र मानेको छ । नेपालको राजनितिक दलहरुमा सवैभन्दा बढि चिन्ता एमाओवादी अध्ययक्ष प्रचण्डको छ जस्लाइ भारतीयहरु भारत विरोधी तथा चिन प्रेमी ठान्दछन् । अधोषित नाकावन्दीको नाउमा प्रचण्डले नै नेपालीमा भारत विरोधी भावना बनाएर चिन सँग सम्वन्ध बडाउन चाहेको भारतीय मिडियाहरुले खुलासा गरेका छन् । भारतीयहरु नेपालले चिनसँग सम्वन्ध वढाएको हेर्न चाहदैनन नेपाली राजनितिज्ञहरु सकेसम्म आफूप्रति बफादार रहुन भन्ने भारतीय रणनिति छ । भारतीयहरुलाइ नेपाल चिन सम्वन्ध राम्रो भएमा नेपाली भुमिवाट भारत विरोधी गतिविधि संचालन हुनसक्ने भारतीयमा सुरक्षा चिन्ता छ । भारतीय बुझाइमा प्रचण्ड माओवादी वाहेक सवै आफनो विश्वास पात्र हुन भन्ने बुझाइ छ । तराईको आन्दोलनलाई सहयोग गरिरहेको भारत आफनो फाइदा हुने भएमा मात्र तराईलाइ सहयोग गर्न पक्षमा छ तराईको आन्दोलनका कारण नेपालको राजनितिक दलसँग सम्वन्धी विर्गने अवस्था आइपरेमा तराईको आनदोलन तुहिने निश्चित छ । भारतको मुख्य रणनिती भनेको नेपालमा जसरी भएपनि आफनो राज चलाउने त्यसो हुन सकेन भने नेपालको चिनसँगको संवन्ध राम्रो हुन नदिनु नै हो ।भारतीय मिडियामा आएका समाचारलाइ आधार मान्ने र विश्लेषण गर्ने हो भने भारत नेपालको पहाडी समुदायसँग त्यति खुसी छैन किनभने नेपालको पहाडी समुदायले सधै भारत  प्रति संका गरिरहने प्रवितिका कारण पहाडीया प्रति भारतीयहरुको सदभाव नरहेको प्रस्ट बुझिन्छ । भारतले अवका दिन ओली सरकार सँग प्रचण्डलाइ पनि सकेसम्म आफूप्रति बफादार बनाउने प्रयत्न गर्ने छ । आफू अनुकुल नेपालको राजनिति चलेन भने फेरी नेपाललाई अफठयारो पार्ने कुटील चाल रच्नेछ । भारतीय नजरमा कोही नेता आफनु कोही पराइ छैन आफुलाइ फाइदा पुग्ने भए जोसुकै सँग पनि सम्वन्ध वढाउन तयार हुन्छ आफु प्रति बफादार भएन भने विभिन्न सडयन्त्रको तानावाना बुन्न पनि पछि पदैन । अहिले भारतको मुख्य रणनिति भनेकै अन्य देशवाट इन्धन आपूर्तीगर्नका लागि भइरहेको प्रयास विफल पार्ने हो । अर्को रणनिति भनेको चिनसँगको सम्वन्ध घनिष्ट हुन नदिने हो । यसका लागि नै आफूले अघोषित रुपमा गदै आएको नाकावन्दी नाटकीय रुपमा खुकुलो पादै लगेको छ ।राजनैतिक पार्टीहरु कहिले पनि मुलुक र जनता प्रति बफादार बनेनन । भारतीय आर्शिवाद विना नेपालको प्रधानमन्त्री बन्न सकिदैन भन्ने भावना मनवाट हटाउन सकेनन त्यकारण देश सधै अस्थिरताको दलदलमा फस्दै गयो । जनताहरुको ठुलो चाहना थियो   कांग्रेस ,एमाले , एमाओवादी मिले अव देश प्रगतिपथमा लम्कीन्छ भन्ने नेपालीहरुको चाहना सिसाको महल झै केही दिनमा नै भताभुङग भयो प्रधानमन्त्रीको निवार्चन पछि ।

https://www.youtube.com/watch?v=X1tG-w6anDU



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video