थपलिया समाज नेपालको केन्द्रीय साधारणसभा चितवनमा हुने, जग्गा खरीद तथा भबन निर्माणका लागि महायज्ञ गर्ने निर्णय
रबिन थपलिया । काठमाण्डौं । मंसिर ९ । थपलिया समाज नेपालको केन्द्रीय साधारणसभा आगामी पौष ५ गते चितवनमा हुने भएको छ ।
थपलिया समाज नेपालको केन्द्रीय कार्यसमिति बैठकले समाजका पुर्वअध्यक्षहरु, अग्रजहरु लगायत नेपाल तथा प्रवाशमा रहेका समाजका सदस्यहरुको उपस्थीतिमा आठौं केन्द्रीय साधारण सभा र राष्ट्रिय भेला गर्न लागेको समाजका अध्यक्ष रामशरण थपलियाले जानकारी दिनुभयो ।
बैठकले थपलिया समाज नेपालको नाममा जग्गा खरीद तथा भबन निर्माण गर्नको लागि फागुनको पहिलो हप्ता काठमाण्डौंमा महायज्ञ समेत गर्ने निर्णय गरेको छ । चर्चीत बाचक दिनबन्धु पाख्रेलले बाट बाचन हुने भागबतबाट ३ करोड रकम संकलन गर्ने लक्ष्य लिएको थपलियाले बताउनुभयो ।
थपलिया समाज नेपालले बंशावलीको पहिलो संस्करणमा केहि त्रुटी रहेकाले परिमार्जन सहित चाँडैनै बंशावलीको दोश्रोसंस्करण समेत निकाल्ने तयारी गरेको छ ।