मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
अर्थतन्त्र/सेयरबजार
Nov 25, 2019
कृषि विकास बैंकका शाखा अधिकृतसहित ८ जना विरुद्ध मुद्धा दायर
काठमाण्डौं । कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । शाखा अधिकृत गौतम समेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।
शाखा अधिकृत केदारप्रसाद गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य विभिन्न बैंकहरुबाट इसीसी ९इलेक्ट्रोलिक चेक क्लियरिङ्ग० मार्फत भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ ।

यस्तै नक्कली नाम तेज बहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजना अनुरुप भारत गई बसेका, योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी चलाखीपूर्ण तवरले कार्यालय समयदेखि बाहेकका समयमा कार्यालयमा बसी कोर बैंकिङ्ग सिस्टमको दुरुपयोग गरी आफूहरुलाई गैरकानूनी लाभ र्पुयाउने र बैंकलाई हानी नोक्सानी र्पुयाउने कार्य गरेको आरोप छ ।

बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आफू कार्यरत बैंकको रेमिट समेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व रहेकोमा सो दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको भन्दै उनी विरुद्ध पनि मुद्धा दर्ता भएको हो । 

साथै सम्झना पोखरेल, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । 

अख्तियारले प्रति व्यक्ति ३३ करोड ९३ लाख रुपैयाँका दरले २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ  बराबरको विगो दाबी गर्दै मुद्धा दायर गरेको हो । 
 
निजहरूले आफूहरूलाई गैरकानूनी फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी र्पुयाएको पुष्टि हुन आएको हुँदा निजहरू उपर भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको सजायको मागदावी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video