मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
मनाेरञ्जन/रोचक
Nov 26, 2019
नहर्कीको म्युजिक भिडियो विमोचित
सञ्चारकर्मी अमरराज नहर्कीेद्वारा लिखित पवित्र मायालाई मिसायौँ जहरमा, म पाइला टेक्दिन तिम्रो शहरमा .....बोलको गीतको म्युजिक भिडियो सोमबार दमौलीमा विमोचन गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा आयोजित उक्त गीतको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले एक कार्यक्रमकाबीच विमोचन गर्नुभयो । सो अवसरमा वाग्लेले तनहुँले साहित्य क्षेत्रमा फड्को मार्दै गएको बताउनुभयो । “गीत र साहित्यका माध्यमबाट समाज परिवर्तन गर्नका लागि अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “मौलिक र ऐतिहासिकस्थललाई सँगसँगै समेट्दै लैजानसके पर्यटन वर्ष २०२० लाई सफल बनाउन सहज हुनेछ ।” गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कम्प्युटर एशोसिएसन महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तुलसीराम पाण्डे, नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्य, गीतकार राजु दाहाल, कृष्णचन्द्र पाण्डेलगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गीतमा चर्चित गायक राज सिग्देलले आवाज दिनुभएको छ भने सङ्गीत सुदीप सेढाईंको छ । उक्त गीतको म्युजिक भिडियो निर्मातामा सुशान पन्थ रहनुभएको छ । म्युजिक भिडियोमा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न ठाउँलाई समेटेर छायाङ्कन गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि व्यास नगरपालिकाको धार्मिकस्थल, व्यास र परासर क्षेत्र र पहाडकी रानी बन्दीपुरको विभिन्न स्थान चयन गरिएको पत्रकार नहर्कीले बताउनुभयो । म्युजिक भिडियोमा सुदीप पौडेल, महेश वाग्ले र ममता अधिकारीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन अनिल अधिकारीले गर्नुभएको थियो । व्यवस्थाकीय म्यानेजर रोशन शर्मा रहेको उक्त गीतको भिडियोमा रमेश शर्माले छायाङ्कन गर्नुभएको छ । मेकअप आर्टिसमा दीक्षा न्यौपाने र माया तमाङ रहनुभएको छ । पत्रकार नहर्कीले भानु नगरपालिका–४ स्थित पर्यटकीय ठाउँ राना गाउँका बारेमा लेखिएको प्राणभन्दा प्यारो लाग्छ राना गाउँ हाम्रो गीतको म्युजिक भिडियो बजारमा आइसकेको छ । यसैगरी राज सिग्देलको सङ्गीत तथा श्वर रहेको ‘दुःखी छु दुःखले छुन चाहन्न, त्यसैले तिम्रो हुन चाहन्न ..............बोलको गजल गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ । पत्रकार नहर्की पत्रकारितासँगै गीत, गजल कविता लेखनमा सक्रिय हुँदै आउनुभएको छ । विसं २०७६ मा भानु जयन्तीका अवसरमा भानु नगरपालिकाले आयोजना गरेको कविता प्रतियोगितामा पत्रकार नहर्की प्रथम हुनुभएको थियो । चुँदीरम्घास्थित भानुजन्म स्थल विकास समितिले २०७५ र २०७४ सालमा आयोजनामा गरिएको खुला कविता प्रतियोगितामा उहाँ द्वितीय हुनुभएको थियो । दमौली आदिकवि भानुभक्त क्याम्पसले विसं २०५४ मा आयोजना गरेको कविता प्रतियोगितामा पनि नहर्की प्रथम हुनुभएको थियो । पत्रकारिता क्षेत्रमा पनि नहर्कीले विभिन्न राष्ट्रियस्तरका पुरस्कार प्राप्त गरिसक्नुभएको छ । शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा नेपाल पत्रकार महासङ्घले संयुक्तरुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार– २०७४ र शिक्षा लेखन वृत्ति पुरस्कार २०७१ बाट उहाँ सम्मानित भइसक्नुभएको छ । पत्रकार नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता तथा रेडियो बन्दीपुरको स्टेशन म्यानेजर हुनुहुन्छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video