सरकार सहि गतिमा अगाडि बढिरहेको छ ः मन्त्री अर्याल  |  तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक  |  मिनीसडक महोत्सव असोज १० मा  |  आज मिति २०७६ असोज ६ गते सोमबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?  |  कृषि तथा भेटेरिनरी प्राविधिकहरुद्धारा आन्दोलनका कार्यक्रम घोषणा  |  प्रेस काउन्सीलको बार्षिकोत्सबको अवसरमा २५ पत्रकार र तिन कर्मचारी पुरस्कृत हुंदै, कस्ले के पुरस्कार पाँउदै छन ?  |  चाडपर्वको बेला पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन  |  बासुकीनाग टोलसुधार समितिको सातौं साधारणसभा सम्पन्न, पाठक नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिने निर्णय  |  ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई
विचार/अन्तरवार्ता
Oct 16, 2015
थापालाइ भारतले पठाएको निमत्रण कुकुरलाइ खाना खुवाउन बोलाएको जस्तो निमत्रणा नहोस
                                                                                        

                                                                                                प्रविण थपलिया 
                                                                                      
 
भारत वाहेक अन्य देशवाट इन्धन आपूर्ती गर्ने सरकारी तयारी कमजोर बन्दै गएको छ । कुर्सी आफूसँग नहुँदा आफूलाइ खुव राष्ट्रवादी ठान्ने ओली सरकार अन्तत कोइराला सरकार जस्तै भारत सामु आत्मसमर्पण गर्ने खोजीरहेको छ । पहिले पहिलेको दशैमा शुभकामनाका सन्देश फैलीने सामाजिक संजालहरुमा आजकल इन्धन सम्वन्धी लेखिएका समाचार हेडलाइहरु सेयर गरदैमा वित्न थालेको छ भारत वाट पेट्रोल आयो अन्य देशवाट पेट्रोलीयम पदार्थ भित्रदै छ आदि इत्यादी । अघोषित नाकावन्दीको कारणनेपाली जनजिवन दिनानु दिन प्रभावीत वन्दै छ । दशै जस्तो ठुलो चाड आउँदा पनि यसपालि खासै खुसीयाली देखिएन । देशका विभिन्न जिल्लावाट उपत्यकामा आएर वसेका नेपालीहरु दशैमा घर फर्कीन पाउने हुन या नपाउने निश्चित छैन घर  पुग्न सफल भाग्यमानीहरु पनि दशै सिधिएपछि काठमाडौं फर्कीन पाउँछन पाउँदैनन । घर जान नसकेकाहरुले काठमाडौमा खाना पकाएर खानका लागि इन्धन कसरी जुटाउँछन भन्न सकिने अवस्था छैन । कुरो इन्धन अभावको हो । भारतले अघोषीत रुपमा नाकावन्दी गरेपछि नेपाल सरकारले खासै कुनै पहल गर्न सकिरहेको छैन खालि नेपाली जनताहरुलाइ भुलाउन कहिले भारत सँग वार्ता हुदैं छ त कहिले अन्य मुलुकवाट तेल आपुर्ती गर्न बैकल्पीक उपायहरु खोजीदै भन्ने भ्रम फैलाउँदै छ जे होस कागजी प्रकिया भने नेपाल सरकार पूरा गरेको छ उपलब्धी सुन्य छ । राष्ट्रवादी ओली सरकारका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा परराष्ट्र मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीसहित ३० गते सनिवार तेल लिन भारत जाँदै छन तीन दिन भारत वस्ने उनको कार्यक्रम छ नेपालमा तेल आउने नआउने उनले कतिको भारतलाई खुसी पार्न सक्छन भन्नेमा छ । दशैमा बाउ आउलान नयाँ नाना ल्याउलान भनेर कुरी बसेका छोरा छोरीहरु सपना  अनि कमल थापाले तेल ल्याउलान घर जाउँला भन्ने बाबुको सपना खै यसपालि पूरा हुने हो या नहुने हो हेर्न बाँकी नै छ । विदेशमन्त्री सुष्मा स्वराजका तर्फबाट आएको निमन्त्रणा मान्न थापा भारत जाँदैछन् । प्रधान्मन्त्री मोदीको दर्शन पाउने हुन या नपाउने हुन हेर्न वाँकी नै छ तर हाम्रो देशमा जस्तै एउटा दूतावासको कर्मचारीले सजिलै प्रधानमन्त्रीसँग हात मिलाए जस्तो सजिलो भने छैन थापालाई तैपनि प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग पनि भेटवार्ताका लागि कूटनीतिक च्यानलबाट प्रयास भइरहेको वताइरहेका छन उनी । थापालाइ  भारतले पठाएको निमत्रण कुकुरलाइ खाना खुवाउन बोलाएको जस्तो निमत्रणा नहोस आफूलाइ मिठो नलागेको खानेकुरा खुवाउन त कुकुरलाइ निमन्त्रण गरिन्च चेइ चेइ भनेर तर जाने बेलामा धर.....कुत्ता भाग्ग भनेर लखेटीने गरिन्छ । आफुलाइ बाघको डमरु ठान्ने ओली सरकार ले भारतीय भोजमा सिनु खाने कुकुर बनेर नफकीउन यहिछ बडा दशैको ओली सरकारलाइ शुभकामना । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video