मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
समाज
Nov 27, 2019
शहरी विकासको पहिलो चौमासिक वित्तीय प्रगति ६०.८३ प्रतिशत
काठमाडौँ,  मङ्सिर ११ शहरी विकास मन्त्रालयको पहिलो चौमासिक वित्तीय प्रगति ६०.८३ प्रतिशत भएको छ । मन्त्रालयमा आज आयोजित प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा वार्षिक बजेटको तुलनामा १८.३२ प्रतिशत खर्च भएको जानकारी दिइयो । मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्षमा पहिलो प्राथमिकता प्राप्त १५, दोस्रो प्राथमिकता प्राप्त ६ गरी २१ आयोजना सञ्चालनमा छन् । पहिलो प्राथमिकता प्राप्त तीन आयोजनाको प्रगति ८० प्रतिशत, पाँच वटाको ५० देखि ८० प्रतिशत र सात वटाको प्रगति ५० प्रतिशत छ । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, धोवीखोला कोरिडोर आयोजना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नगर विकास कोष, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र राष्ट्रिय आवास कम्पनी लिमिटेडका आयोजनाका बारेमा समीक्षा भएको थियो । वाग्मतीमा बिहीबारदेखि काम कार्यक्रममा मन्त्री मोहम्मद इश्तियाक राईले रोकिएको वाग्मतीको सुन्दरताको काम बिहीबारदेखि नै गर्ने गरी सहमति भएको जानकारी दिनुभयो । “कानूनअनुसार प्रमाण हुनेलाई मुआब्जा दिइन्छ, प्रधानमन्त्रीले गृह प्रशासनलाई निर्देशन दिनुभएको छ, सुरक्षाकर्मी परिचालन गरेर पनि रोकिएको काम शुरु हुन्छ, वाग्मती किनारका सुकुम्वासीलाई इचङ्गुनारायणमा बनाइएको आवासमा राख्ने व्यवस्था हुन्छ, यो समस्या पनि अब समाधान हुनुपर्छ”, उहाँले भन्नुभयो । गत वर्ष पनि मन्त्रालयले सबैभन्दा बढी भौतिक एवं वित्तीय प्रगति गरे पनि अर्थ मन्त्रालयबाट थप बजेट पाउन नसकेको मन्त्री राईको गुनासो थियो । बेरुजु समस्या समाधान गर्न पनि उहाँले मातहतका कार्यालयलाई निर्देशन दिनुभयो । मन्त्रालयअन्तर्गत रु १० अर्ब बेरुजु पुगेको सो अवसरमा जानकारी दिइएको थियो । राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्रीले मन्त्रालयअन्तर्गत कति सवारी छन् खोजी गर्नुस् भनेकाले सबै कार्यालयलाई विवरण पेश गर्न निर्देशन दिनुभयो । निर्माण व्यवसायी रकम पाँच प्रतिशतभन्दा बढी दिन नहुने उहाँले बताउनुभयो । सचिव मधुसुदन अधिकारीले जनशक्तिको अभाव भए पनि मन्त्रालयले उल्लेख्य प्रगति गरेको जानकारी दिनुभयो । नीति तथा कार्यक्रम र बजेटभन्दा बाहिरबाट कुनै पनि कार्यक्रम मन्त्रालयअन्तर्गत सञ्चालन नहुने उहाँको प्रतिबद्धता थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video