सेना/ प्रहरी/ शशस्त्र समाचार
Nov 28, 2019
इन्सपेक्टर थपलियाको कमाण्डमा एकै दिन तिन फरार प्रतिबादी पक्राउ
काठमाण्डौं । मंसिर १२ । बाराको इलाका प्रहरी कार्यालय निजगढका इन्चार्ज प्रहरी निरिक्षक बिकास थपलियाले कमाण्ड गरेको प्रहरी टोलीले एकै दिन फरार तिन प्रतिबादीलाई पक्राउ गरेको छ । 
बिभिन्न अभियोगमा अदालतबाट कैद फैसला सुनाएपनि फरार रहेका तिन जना प्रतिबादीहरुलाई बिहिबार थपलिया नेतृत्वको प्रहरी टोलीले पक्राउ गरी अदालतलाई बुझाएको छ । 
सवारी ज्यानमुद्धामा दुई पटक अदालतले दोषी ठहर गरेको बाराको निजगढ नगरपालीका ६ बस्ने सोमबहादुर थिङ, प्रतिलिपी अधिकार सम्बन्धी अपराध मुद्धामा दोषी ठहर भएका बाराको निजगढ नगरपालीका ५ का श्रीराम पौडेल र लागुऔषध मुद्धाका प्रतिबादी बारा निजगढ नगरपालीका ७ का श्याम साह पक्राउ परेका हुन् । 
सवारी ज्यान मुद्धामा फरार रहेका थिङलाई जिल्ला अदालत बाराबाट सवारी ज्यान मुद्धामा २०६९ साल वैशाख ८ गतेको फैसला आदेशले १ महिला ३ दिन कैद, २ हजार नगद जरिवाना र सवारी ज्यान मुद्धामै २०७० वैशाख २२ गतेको फैसला आदेश अनुसार ८ दिन कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो । थिङलाई बिहीबार जिल्ला अदालत बाराले सजाय भुक्तानीका लागि वीरगन्ज कारागार चलान गरेको र उनले अदालतमा ४ हजार नगद रकम समेत तिरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक बिकास थपलियाले जानकारी दिनुभयो । 
त्यस्तै प्रतिलिपी अधिकार सम्बन्धी अपराध मुद्धामा पौडेललाई बारा जिल्ला अदालतको २०७१ मंसिर २४ गतेको फैसलापछि नगद दश हजार बिगो बुझाउन बाँकी रहेका छन् । त्यस्तै पक्राउ परेका अर्का प्रतिबादी साह सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय बाराको २०७३ असार २० गतेको आदेशले १ हजार बुझाउन बाँकी रहेका प्रतिवादी हुन् । पौडेले अदालतमा १० हजार र साहले प्रशासन कार्यालयमा १ हजार जरिवाना बुझाएका थिए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video