शिक्षा /स्वास्थ्य
Nov 30, 2019
स्काउटले देशप्रेमको भावना बढाउँछ : अधिकारी
विराटनगर, मङ्सिर १४   प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले स्काउटले बालबालिका तथा युवायुवतीलाई देशप्रेम र विकास निर्माण कार्यमा उत्प्रेरित गर्ने गरेको बताउनुभएको छ । ‘देश विकासका लागि स्काउट’ भन्ने नाराका साथ स्टार बोर्डिङ स्कूलले आजदेखि विराटनगरमा शुरु गरेको तीनदिने स्काउट फ्रेन्डशिप क्याम्प–२०७६ को उद्घाटन गर्दै उहाँले यसले युवाको क्षमता वृद्धि, धैर्यता र चरित्र निर्माण गर्न ठूलो योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो । राष्ट्रको संविधान, विधिविधान अँगालेको यो संस्थाले सुख, दुःख र विपद्हरुमा समाजलाई ठूलो सहयोग पु¥याएको उहाँले बताउनुभयो । प्रदेश प्रमुख अधिकारीले स्काउट अटल र अडिग संस्था भएको हो भन्दै यसको सदस्य हुनु गौरवको कुरा हो भन्नुभयो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले राष्ट्र निर्माण र जीवनोपयोगी सीप विद्यार्थीहरुलाई प्रदान गरिने बताउनुभयो । प्रदेशसभा सदस्यहरु केदार कार्की, जयराम यादव, लीलावल्लभ अधिकारी, सावित्री रेग्मी र यशोदा अधिकारीले युवाहरुलाई स्वावलम्बन, अनुशासित, सदाचारी, समाजप्रेमी बनाई समाज र देश विकासको योगदानमा सफलता प्राप्त गरेको धारणा राख्नुभयो । जिल्ला स्काउट कार्यालय मोरङका प्रमुख प्रदीपकुमार विश्वास, क्याम्पसका संयोजक डा उद्धव पोखरेल, प्याब्सन केन्द्रीय महासचिव राजेशकुमारदास लगायतले क्याम्पमा सहभागी युवायुवतीमा रहेको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । क्याम्पमा ३५ सामुदायिक र निजी विद्यालयका एक हजार २५ विद्यार्थीको सहभागिता रहेको छ । सो अवसरमा स्काउटमा आबद्ध विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video