शिक्षा /स्वास्थ्य
Dec 01, 2019
एन्जल हार्ट नेश्नल स्कुलद्धारा प्रकाशीत“एन्जल्स बि” को लोकार्पण
काठमाण्डौं । मंसिर १५। काठमाण्डौंको तारकेश्वर ९ स्थीत एन्जल हार्ट नेश्नल स्कुलद्धारा प्रकाशीत एन्जल्स बि पुस्तकको आज लोकार्पण गरिएको छ । 
विद्यालय परिसरमा आयोजीत एक कार्यक्रमका बिच तारकेश्वर नगरपालीकाको नगरशिक्षा अधिकारी होमनाथ न्यौपाने,समालोचक अनन्त वाग्ले, तारकेश्वर प्याब्सनका अध्यक्ष धनबहादुर पुन, एन्जल्स हार्ट नेश्नल स्कुलका अध्यक्ष लिल पुन लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । 
Image may contain: 2 people
तारकेश्वर नगरपालीकाको नगरशिक्षा अधिकारी होमनाथ न्यौपानेले एन्जल्स बि पुस्तक बहुउपयोगी भएको बताँउदै पुस्तकले विद्यार्थीहरुको मनोबैज्ञानीक र शैक्षिक स्तर बृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । न्यौपानेले पुस्कतक प्रकाशनले लेख रचनाहरुले पठन शैलीको विकास साथै लेखनकलाको समेत विकास हुने बताउनुभयो । 
कार्यक्रममा समालोचक अनन्त वाग्लेले एन्जल्स बि पुस्तक बालसंग्रहको रुपमा रहेको बताँउदै पुस्तकले वालवालीकाको भाषाको बिकासमा सहयोग गर्ने बताउनुभयो । निजी विद्यालयहरुले अंग्रेजी भाषालाई प्राथमीकता दिंदामा वालवालीकाहरु आफै देशको नेपाली भाषामा कम्जोर बन्दै गइरहेको बताँउदै वाग्लेले निजी विद्यालयहरुले अंग्रेजीसंगै नेपालीभाषालाई समेत प्राथमीकता दिनुपर्ने बताउनुभयो । 
Image may contain: 6 people
कार्यक्रममा एन्जल्स हार्ट नेश्नल स्कुलका अध्यक्ष लिलबहादुर पुनले समयमानै काम गरेर कलात्मक सृजनशीलताको बिकासका विद्यालय लागि परेको बताउनुभयो । 
कार्यक्रममा एन्जल्स हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापाले विद्यार्थीहरुको अन्तरनीहित प्रतिभालाई प्रस्फुटन गराउन पुस्तकले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा अविभावकको तर्फबाट सुधा रिमालले सुभकामना दिनुभएको थियो ।
Image may contain: 7 people, people standing and outdoor
Image may contain: 8 people, people smiling, people standing and outdoor 
df 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video