मनमुरी कृषि सहकारीको साधारणसभा सम्पन्न  |  जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना  |  एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग  |  सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच १४औँ महाधिवेशन बारे छलफल  |  द्रुतमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढाउँदै नेपाली सेना  |  साताको शेयर बजार : दुई अर्ब ५६ करोडको कारोवार  |  व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल  |  अन्तर्वार्ता : अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन– मन्त्री भट्टराई  |  धनुषा विस्फोट : अपराधीलाई कारवाही गरिछाड्ने गृहमन्त्रीको प्रतिबद्धता  |  ह्याचरी उद्योग सङ्कटमा, १० दिनसम्म चल्ला उत्पादन बन्द
प्रमुख समाचार
Dec 02, 2019
तेक्वान्दोमा नेपाललाई अर्को सफलता
काठमाडौँ मङ्सिर १६ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जित्नुभएको छ । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जित्नुभएको हो । उहाँले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जित्नुभयो । भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाउनुभयो । टिम कातामा नेपाललाई स्वर्ण त्यसैगरी आजै भएको कराँतेतर्फको खेलमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ । नेपाली पुरुष काता टोलीले सागको कराँतेअन्तर्गत टिम कातामा स्वर्ण पदक हात पारेको हो । सातदोबाटोस्थित कराँते हालमा भएको एकल कातामा स्वर्ण जितिसक्नुभएका मण्डेकाजी श्रेष्ठसहित प्रवीण मानन्धर र महसुस तामाङको टोलीले ‘स्कोर’ गर्दै स्वर्ण जित्नुभएको हो । नेपालले फाइनल खेलमा श्रीलङ्कालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अङ्क प्राप्त गर्यो । यता श्रीलङ्काले २५.२८ अङ्क प्राप्त गर्यो । त्यसअघि बङ्गलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको थियो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बङ्गलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलङ्काले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । सागमा नेपालको यो छैटौँ स्वर्ण पदक हो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video