प्रमुख समाचार
Dec 02, 2019
आरोपत्र दायर
काठमाडौँ,  मङ्सिर १६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्काको बोलपत्र केरमेट गरी सच्याइ सरकारलाई गैरकानूनी हानी नोक्सानी गराएको आरोपमा डिभिजन सडक कार्यालय जनकपुरका डिभिजन प्रमुख दिनेश अर्याललगायत चार जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी डिभिजन सडक कार्यालय जनकपुरका तत्कालीन सिडिई अर्यालसहित लेखा अधिकृत जीवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साह विरुद्ध आरोपपत्र दायर गरेको हो । ठेक्काको बोलपत्र मूल्याङ्कन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले पेश गरेको बोलपत्रको ‘बिओक्यू’को बुँदा नं २.३ र २.६ को दररेट अङ्क र अक्षरमा सच्याई रू १९ लाख ५० हजार ४४० थपी सम्झौता गरेको आयोगको आरोप छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video