पर्यटन /बिबिध समाचार
Dec 02, 2019
तेह्रौँ साग : पुरुष भलिबलको कास्य श्रीलङ्कालाई
काठमाडौँ,  मङ्सिर १६ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष भलिबलको कास्य पदक श्रीलङ्काले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा तेस्रो स्थानका आगि आज भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको हो । बङ्गलादेशले पहिलो सेट २५–२३ अङ्कले जितेको थियो । त्यसपछि भने श्रीलङ्काले लगातार तीन सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । श्रीलङ्काले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा चौथो सेट २५–२१ अङ्कले जितेको हो । पुरुष भलिबलको स्वर्ण पदकका लागि मङ्गलबार भारत र पाकिस्तान भिड्ने छन् । यस्तै महिला भलिबलतर्फ कास्य पदकका लागि अहिले बङ्गलादेश र माल्दिभ्सबीच खेल भइरहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video