प्रमुख समाचार
Dec 02, 2019
१३ औं सागमा नुवाकोटको चेलीले दिलाइन नेपाललाई स्वर्ण पदक, यिनै हुन नुवाकोटको इज्जत राख्ने चेली
काठमाण्डौं । मंसिर १६ । नेपालमा आज देखि  सुरु भएको १३ औं सागमा नुवाकोटको चेलीले नेपाललाई स्वर्ण पदक दिलाएकी छन् । 
नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा न ४ थप्रेक निबासी अनु अधिकारीले १३औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई कराँतेमा स्वर्ण पदक दिलाएकी हुन् ।
Image may contain: 1 person, standing
सातदोबाटोमा सोमबार करातेको ५० केजी तौल समूहको फाइनलमा अनुले श्रीलंकाका डनपाउलु बादल्गेलाई नकआउट पार्दै स्वर्ण जितिन्। उनले ८–० अंकले हराइन्। यसअघि उनले बंगलादेशकी फमिदा अख्त्तरलाई नकआउट पार्दै फाइनलमा पुगेकी थिइन्। उनले अख्त्तरलाई ८–० ले पराजित गर्दै फाइनल पुगेकी थिइन्। 
नुवाकोटको चेलीलाई शिवपुरी मिडिया नेटवर्क र सगरमाथा पोष्ट डट कमको तर्फबाट हार्दिक बधाई ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video