विचार/अन्तरवार्ता
Dec 03, 2019
तारकेश्वरमा काँग्रेसलाई शक्तिशाली बनाउने छु : तामाङ

मंसिर १७, काठमाण्डौ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको आगामी फागुनमा ४ बर्ष पुरा हुँदैछ । नेपाली कांग्रेसको बिधानमा ४ बर्षपछाडी अर्को महाधिवेशन आयोजना गर्नुपर्ने बिधानतः व्यवस्था भएपनि कांग्रेस हालसम्म पनि महाधिवेशन तयारीमा जुट्न सकेको छैन ।

स्थानिय, प्रदेश हुँदै केन्द्रको महाधिवेशनको तयारीमा एकसाथ जुट्दा समय निकै खर्च हुने भन्दै गाउँपालिकाको सदरमुकाममा भएको पार्टी ईकाई सभापतिलाई नै गाउँपालिका अध्यक्ष बनाउने कांग्रेस बैठकले निर्णय गरिसकेको छ । जसमा स्थानिय तहको तत्कालिन संगठनलाई नै रुपान्तरण गरेर जिम्मेवारी थप गरिएको स्थति हो । लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसमा यो निर्णय खुल्ला प्रतिष्पर्धा चाहने र कांग्रेसमा आफ्नो योगदान खन्याउनेहरुका लागि कति अनुकुल आफ्नो ठाँउमा होला, यद्यपी स्थानिय तहको महाधिवेशन कांग्रेस बैठकको निर्णयसँगै टुंगीएको छ ।
यसै प्रक्रियाअनुसार कांग्रेस नुवाकोटको तारकेश्वर गाँउपालिका सभापति बन्न सफल भएका छन, होम बहादुर तामाङ । उनी पहिले  १ न. वडा  अध्यक्ष थिए ।
डेढदशकअघि नुवाकोट कांग्रेस जिल्ला सभापति धु्रब अधिकारीको पालामा कांग्रेसको सक्रिय टिकट लिएका तामाङ अहिले सिंगो तारकेश्वर गाँउपालिकाको कांग्रेसका तर्फबाट सभापतिमा मनोनित भए । स्वच्छ बैचारिक छबी, इमान्दार, कर्तव्यनिष्ठ, जागरुक समाजसेवीको परिचय बनाएका तामाङ आफूले निष्ठाको राजनीतिलाई जोड दिएको बताए ।
गन्तव्य नेपालसँगको कुराकानीमा निकै संयमित ढंगले प्रश्तुत भएका तामाङ बिरोधीहरुलाई समेत चित्त बुझाउन सक्ने सफ्ट लाईनर नेताका रुपमा स्थानिय क्षेत्रमा परिचीत छन । उनै तामाङसँग कांग्रेसका तर्फबाट तारकेश्वर गाँउपालिका सभापति बन्दा कस्तो महसुस भएको छ भनी हामीले सोधेका थियौ ।
१. कांग्रेसले अचानक सदरमुकाममा भएको पार्टी ईकाई सभापतिलाई नै गाँउपालिकाको सभापति बनाउने निर्णय गर्यो तपाई आफै पनि सभापति बन्न सफल भएको व्यक्ति, कस्तो अनुभव हुने रहेछ ?

खुसी छु, दुःखी हुनुपर्ने कारण त छैन । स्वच्छ प्रतिष्पर्धाका माध्यमबाट भएको भए अझै राम्रो हुने थियो । यद्यपी त्यसमा गुटउपगुटका कुरा पनि आउने थिए । पार्टीले गरेको निर्णयमा व्यक्तिगत रुपमा मलाई राम्रै भएको छ, तर यो मेरो लागि मात्र नभएर सिंगो कांग्रेस पार्टीको निर्णय हो । पद्धतीको बिकास भएको छ ।
२.चुनाबै नगरी, मतदातालाई नमस्कार नै गर्न नपरी, पैसा खर्चै नगरी सभापति हुन पाउनुभयो, तपाईका समय दाहिना भएका हुन ?

यसलाई यसरी पनि हेर्न सकिएला । तर त्यो भन्दा प्रमुख कुरा चुनाब गर्न समय व्यावस्थापन गर्न केन्द्रीय नेतृत्वलाई दबाब बढेका कारण यो निर्णय भएको हो । अर्को कुरा गुटबन्दीलाई यसले रोकेको छ । एकताको भावना बिकास गरेको मेरो ठम्याई छ । म आफै पनि कांग्रेसीहरुलाई गोलबद्ध गरेर तारकेश्वरको बिकासमा अघि बढ्छु भन्ने प्रण गरेको छु ।
३. तारकेश्वर गाउँपालिकामा कांग्रेसीहरु निरास छन, कांग्रेस सकियो, भ्रष्ट्रचार व्याप्त छ, भन्ने गुनासो त छनी ?

अहिले स्थानिय सत्ता नेकपाको हातमा छ । काम गर्ने भुमिकामा स्वभाविक रुपमा उनीहरुलाई म्यान्डेट पनि छ । यसको अर्थ यो होईन की, हामी चुप लागेर बसेका छौ । स्थानिय नेताकार्यकर्ता र नागरिकहरुलाई गोलबन्द गर्ने, उनीहरुका पिरमर्का बुझ्ने काम कांग्रेसले गरिराखेकै छ । जहाँसम्म भ्रष्ट्राचार बाहिर हल्ला गरेजस्तो हुने कुरा पनि होईन । तथ्य प्रमाणका आधारमा हामी त्यसको जुनसुकै बेला बिरोध गर्नेछौ ।
४. तपाईका पार्टी सभापति देउवाको कार्यशैली चै कस्तो ?

विगतका निर्णयहरु हेर्दा कार्यकर्ता र जनताको भावना नबुझी स्थानिय स्तरमा नेतृत्व जिम्मा दिदा सबल भनिएका ठाँउमा पनि पराजय भोग्न बाध्य भएको अवस्था छ । अब आगामी दिनमा भने नेतृत्वले यस्तो गल्ती नगर्लान, नगरुन ।
५. कांग्रेस पार्टीभित्र अन्तर्घातका कारण पनि चुनाब हार्ने स्थीति छनी ?

विगतदेखि नै यो मुद्धालाई ठुलो प्रचार गरिदै आएको छ । केन्द्रीय नेतृत्वसँग लबिङका आधारमा टिकट हत्याउने र चुनाब हारेपछि अन्तर्घात भयो भनेर चिच्याउने जुन परिपार्टी छ, त्यो आफैमा बिरोधाभाषपूर्ण छ । ठोस प्रमाण बिना त्यस्ता कुराले दिर्घकालिन सन्तोष दिदैन । प्रमाण पुग्छ भने त्यस्तो प्रवृत्तिलाई हदै सम्मको कारबाही हुनु पर्दछ ।
६. कांग्रेसी जगाउनको लागि तपाईको योजना चै के छ ?

यसमा हामी सचेत नै छौ । स्थानिय तहमा हुने बिकास निर्माणको काम, जनताले पाउनुपर्ने सेवासुबिधा, खानेपानी, बाटोघाटो निर्माण र सामाजिक न्यायका क्षेत्रमा सत्तामा रहेकाहरु भन्दा हाम्रो भुमिका कम छैन । भ्रष्ट्राचार बेथिती हटाउँदै पार्टीभित्र र नागरिक स्तरमा त्यसको अनुभुति गराउँछौ ।
७. कांग्रेस नुवाकोटको राजनीति केशी र महत भन्दा बाहिरका व्यक्ति समुहका लागि सहज छैन, भनिन्छ, यसमा तपाईलाई के लाग्छ ?

कुन व्यक्तिले कति खायो भनेर भन्नुभन्दा पनि उसको योगदानको बारेमा पनि चर्चा हुनु आवश्यक छ । निश्चीत रुपमा उहाँहरुको योगदान बढि नै छ । अरु कुनै उमेद्धवारले उहाँहरु भन्दा बढि स्थानिय स्तरमा काम गर्नुभयो, जनतालाई रिझाउनुभयो भने उहाँहरुले नपाउने भन्ने त हुँदैन नी । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video