सेना/ प्रहरी/ शशस्त्र समाचार
Dec 06, 2019
‘लैङ्गिक हिंसा रोक्न प्रहरी थप गम्भीर’
काठमाडौँ, मङ्सिर  २० प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लैङ्गिक हिंसाका घटना हुन नदिन प्रहरी थप सजक र गम्भीर रहेको बताउनुभएको छ । उहाँले १ र २ नं प्रदेश प्रहरी कार्यालयअन्तर्गत १८ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई प्रहरी प्रधान कार्यालयबाट  हिजो भिडियो कन्फ्रेन्समार्फत निर्देशन दिँदै हिंसा र हत्याका घटना रोक्न थप सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सो क्षेत्रका लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अभियन्तासँग समेत आजै भिडियो कन्फ्ेन्समार्फत अन्तरक्रिया गर्नुभयो । उक्त अभियानमार्फत विभिन्न जिल्लामा सञ्चालन भइरहेको जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले सम्बन्ध प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । अन्तरक्रियाको क्रममा प्रहरी महानिरीक्षक खनालले जिल्लास्थित विभिन्न महिला सञ्जालका अध्यक्ष तथा पदाधिकारीले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन सम्बन्धित कार्यालया प्रमुखलाई आग्रह गर्नुभयो । उहाँले ती जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा कामबारे सम्बन्धित जिल्ला प्रहरी कार्यालयका प्रमुखसँग जानकारी लिनुभएको थियो । उहाँले महिला सञ्जालको भूमिकालाई समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणासँग जोडेर समाजमा हुने लैङ्गिक हिंसाका घटनालाई शून्य सहनशीलता विधिको माध्यमद्वारा निस्तेज गर्न थप अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video